Posts

Showing posts from October, 2021

विभीषणहरूको सार्वजनिक बहिष्कार गरौँ

  वयं रक्षामः अर्थात् हामी रक्षा गर्छौँ। राक्षस जातिको   जीवनको मूलमन्त्र हो यो। खासगरी युद्धको बेला हामी स्वजाति र स्वदेशको   लडेरै भए पनि रक्षा गर्छौँ भन्न खोजिएको हो। राक्षस शब्दको उल्लेख गर्नेबित्तिकै कतिपय पाठकहरूलाई डर लाग्न थालिसक्यो होला।    यसो किन भयो होला भने   हामी बाल्यकालदेखिनै   मस्तिष्कमा   राक्षसको एउटा बनिबनाउ छवि बोकेर बाँचिरहेका छौँ   । कस्ता राक्षसका जस्ता नङ पालेको ?  राक्षसका जस्ता आँखा। राक्षसको जस्तो नाक।   राक्षसको जस्तो हाँसो। कस्तो राक्षसका जस्ता झाँका फिजाएको !  कस्तो राक्षसजस्तो <   यस्ता अभिव्यक्तिहरू सुन्न कुनै आइतबार कुर्नुपर्दैन , स्वत : स्फूर्त प्रकट भइनै हाल्छन् समय र प्रसंगसँगै।     हुन त   राक्षस शब्दको अर्थ नै त्यस्तै त्यस्तै न होः जसबाट रक्षा गर्न परोस्। राक्षस शब्द उच्चारण गर्नेबित्तिकै   प्रसिद्ध   ग्रन्थ   रामायणको पुरानो पोथीमा लुकिबसेका र...