पंचतत्त्वका कथा
अलिकति आकाश, अलिकति हावा, अलिकति आगो, पानी र माटो मात्रामा १९-२० को फरक होला तर के पंचतत्त्वकै सिर्जना होइनन् समग्रमा सृष्टि, स्थिति र प्रलयका कथा? कुन चाहिँ माइका लाल भन्न सक्छ आणविक परीक्षणका बेला लस अलामोसमाथि देखिएको वामनावतारसदृश मसरूम क्लाउड पंचतत्त्वको सिर्जना होइन भनेर? अनि सोही दृश्यपश्चात् पंचतत्त्व सन्तुलन बिग्रँदा ओ जे ओपनहाइमर बहुलाएको होइन भनेर? पंचतत्त्वकै सिर्जना होइनन्? इनोला गे, लिटल ब्याय र फ्याट म्यान जसले पंचतत्त्वका दुइ सुन्दर सिर्जना हिरोशिमा र नागासाकी सखाप पारे पंचतत्त्वकै सिर्जना होइनन्? भक्तका वीर, रामका अनन्य सेवक हनुमान जसले पंचतत्त्वमय अशोक बाटिका सखाप पारे? पंचतत्त्वकै सिर्जना होइन त्यो मित्सुबिसी पजेरो जो पंचतत्वनिर्मित दुइ शरीरसहित त्रिशुलीमा खसेर रहस्यको गर्भमा भेटियो? पंचतत्त्वकै सिर्जना होइनन् दिल्ली, ब्रसेल्स, बकिङ्घम अनि वसिङ्गटन दरबार जसको निर्देशनमा यो पंचतत्त्वले बनेकाे भूस्वर्ग भीरतिर अग्रगामी पाइला चाल्दैछ पंचतत्त्वको पंचतत्त्वसँगको बैर साँच्चै...