Posts

Showing posts from November, 2022

रोगग्रस्त देशको उपचार खोजौँ

  देवेन्द्र गौतम   नेताजीको उपचार आर्थिक हैसियत राम्रै भएका नेपालका केहि बडेबडे नेताहरूले विभिन्न कालखण्डमा स्वास्थ्योपचारका लागि राज्यकोषबाट लिएको रकमको फेहरिस्त सामाजिक संजालहरूमा चर्चाको विषय भएको छ । गच्छे अनुसार, आवश्यकतानुसार कसैले करोडौँ त कसैले लाखौँ रूपियाँ पाएका रहेछन् । प्रदेश तथा केन्द्र तहको निर्वाचन संघारमै आएको बेला यस्तो तात्तातो विषयले तरङ्ग उत्पन्न नगर्ने कुरै भएन । अझ उपचार खर्च लिनेहरूमा पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, मन्त्रीहरू लगायतका अतिविशिष्ट/विशिष्ट पात्रहरू नै भइदिएपछि त संजालमा रमाउनेहरूलाई के नै चाहियो र?   रैती सिटामोल नपाएर समेत मरिरहेकोमा सरकारलाई वास्ता नहुने तर नेता बिरामी भएको बेला चाहिँ राज्यकोष फुक्का गर्ने चलनको विरोध हुनु स्वाभाविकै हो । तर यति हुँदै हुँदै पनि नेपाली लोक कति क्षमाशील छ! थोरै चर्का कुरा गरे पनि उसले सहानुभूति, मानवीय संवेदनाजस्ता गुणहरू बिर्सेको छैन त्यस्ता पात्रहरूविरूद्ध समेत जसले जनस्वास्थ्य सेवाको मात्र होइन समग्र देशको रूपान्तरण गर्ने अवसर पटकपटक पाएर पनि खासै केहि गर्न सकेनन् । व्यक...

आसन्न निर्वाचन: केहि दृष्टिकोण

  -     देवेन्द्र गौतम महासंग्राम प्रदेश र केन्द्र तहको निर्वाचन संघारमै आइपुगेको छ । आफ्नो निर्वाचन क्षेत्रमा बिरलै पाइला टेक्न भ्याउने नेताहरू मतदाताहरूका घरदैलामा झुल्किन थालेका छन् । सुक्खा याम शुरू भइसक्यो तर नयाँ, पुराना आश्वासनको झरी लागेको छ अहिले । प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भएकाले पनि डडेल्धुरा-१ केन्द्रमा छ । सोही स्थानबाट सिरिंज चुनाव चिन्ह सहित युवा इन्जिनियर सागर ढकाल पनि उम्मेदवारका रूपमा चर्चामै छन् । सिरिंज लिएरै प्रचारप्रसारमा उत्रिँदा चिकित्साक्षेत्रबाट झिनै भए पनि चासो प्रकट भएको पाइएको छ ।         केहि दिन अघि उनले स्थानीय प्रशासनले आफ्नो चुनाव प्रचारप्रसारमा रोक लगाएको आरोप लगाए । लगत्तै जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले उक्त आरोपको खण्डन गर्यो । सरकार पक्षको दलील छ: ढकाल नियम-निर्देशन मान्दैनन् । ढकाल चाहिँ सरकार पक्षले आफ्नो विरोधमा उत्रिएको जस्तो ठान्छन् शायद । आसन्न निर्वाचन कौरव र पाण्डव दुवै पक्षले युद्धका नियमहरूको चरम उल्लङ्घन गरेको महाभारतको युद्धजस्तो नहोस्, लोकको चाहना शायद यही छ । ...