Posts

Showing posts from February, 2020

रामसाइँलो जिममा

Image
(करिब ६ वर्षअघि यस्तो लेखेकाे रहेछु । महान संपादकहरुको आँखामा त्यति नजँचेको कविता होला कि?)     सांगितिक कार्यक्रममा प्रस्तति दिँदै वरिष्ठ गायक, भजन शिराेमणि  फत्तमान राजभण्डारी । साैजन्यः phalano.com     फत्तमान गए खाटा बस्न लागेको घाउमा शिकारीले वाण चलायो हृदयका पानामा केही हरफ पीडा थपियो । दुख्ने मुटु न हो तिमी हाँसेनि दुख्छ तिमी रोएनि दुख्छ तिमी बोलेनि दुख्छ नबोलेनि दुख्छ दुख्ने मुटु न हो तिमी हाँसेनि दुख्छ तिमी रोएनि दुख्छ तिमी बोलेनि दुख्छ नबोलेनि दुख्छ काँडा तिमी दुखाउनु तिम्रो धर्म म मुटु दुख्नु मेरो धर्म । सेप्टेम्बर ११, २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा भएकाे हमलाकाे दृश्य । साैजन्य: reuters.com मर्न बरू गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न भन्थ्यौ तिमी फत्तमान तर बाँच्न पनि कम गाह्रो हुन्न रहेछ हे सुमधुर स्वरका धनी यस खैराँतभूमिका मिल्किएका मणि मन-मुटु-आत्मा प्रभूमा सुम्पेका हे भजनशिरोमणि । सेप्टेम्बर १०, २०१३ अर्थात् वर्ल्ड ट्रेड सेन्टर आक्रमणको बाह्रौँ बर्खिको एकदिन अघि नेपाली सङ्गीतका एक धरोहर...