रामसाइँलो जिममा

(करिब ६ वर्षअघि यस्तो लेखेकाे रहेछु । महान संपादकहरुको आँखामा त्यति नजँचेको कविता होला कि?)

    सांगितिक कार्यक्रममा प्रस्तति दिँदै वरिष्ठ गायक, भजन शिराेमणि  फत्तमान राजभण्डारी । साैजन्यः phalano.com    

फत्तमान गए
खाटा बस्न लागेको घाउमा
शिकारीले वाण चलायो
हृदयका पानामा केही हरफ पीडा थपियो ।

दुख्ने मुटु न हो
तिमी हाँसेनि दुख्छ
तिमी रोएनि दुख्छ
तिमी बोलेनि दुख्छ
नबोलेनि दुख्छ

दुख्ने मुटु न हो
तिमी हाँसेनि दुख्छ
तिमी रोएनि दुख्छ
तिमी बोलेनि दुख्छ
नबोलेनि दुख्छ
काँडा तिमी दुखाउनु तिम्रो धर्म
म मुटु दुख्नु मेरो धर्म ।
सेप्टेम्बर ११, २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा भएकाे हमलाकाे दृश्य । साैजन्य: reuters.com
मर्न बरू गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
भन्थ्यौ तिमी फत्तमान
तर बाँच्न पनि कम गाह्रो हुन्न रहेछ
हे सुमधुर स्वरका धनी
यस खैराँतभूमिका मिल्किएका मणि
मन-मुटु-आत्मा प्रभूमा सुम्पेका
हे भजनशिरोमणि ।
सेप्टेम्बर १०, २०१३
अर्थात् वर्ल्ड ट्रेड सेन्टर आक्रमणको
बाह्रौँ बर्खिको एकदिन अघि
नेपाली सङ्गीतका एक धरोहर गर्लम्म ढले
रेडियो नेपालमा दिनभर शोकधुन बजिरह्यो
कर्मकाण्डी शैली, हामीले जानेको त्यति न हो ।
त्यस रात मनभरि
अनेक कुरा खेलिरहे
जीवनको क्षणभङ्गुरता संझिरहेँ
हृदयमा पीडाका ज्वारभाटा उर्लिरहे
दुःख लाग्यो — म केही हरफ गीत हुन सकिन
सारङ्गीको सुमधुर धुन हुन सकिन ।
झिसमिसेलाई जबर्जस्ती करणी गरेर
विजयी भावमा अरूण झर्यो आँगनमा
रामसाइँलालाई उठाउन, विदेशी सेनामा भाडाको सैनिक बनाइ पठाउन
अरबको मरूभूमिमा पसिना कढाउन वा
गरिबीले डामिएको जीवन
छिमेकीको ढावामा सेकाउन ।
गाउँका पाखाबारी बाँझै छोडेर
बूढा बा–आमालाई एक्लै पारेर
भर्ती हुने सुरमा शहर पसेको रामसाइँलो
ट्रिडमिलमा दौडिरह्यो निरन्तर
लाग्यो द्रव्य शाहको आधुनिक अवतार
लिगलिगकोटको दौड जित्ने सुरमा छ ।
२०७०.०५.२७-६.१५
देवेन्द्र गौतम

Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti