
शनिबार आज एक दिन उड कल्पनाको उडान मुक्ताकाशमा जून-तारा टिप बादलका रंगीबिरंगी टुक्राह रू टिप अनि बाक्लो कंक्रिट जंगलको साँघुरो कोठामा खुम्चिएको टुक्रे आकाश इन्द्रेणीका रङ्गहरूले सिँगार आज एक दिन चढ शरिरको इंच-इंच दुखुञ्जेल उपलब्धिको नाकचुच्चे पहाड अलि बिस्तारै, अलि सजिलोसँग हिँड प्रगतिको अनन्तसम्म फैलिएको समथर मैदान भोलि फेरि अभिमन्यु हुनु छ भोलि फेरि चक्रब्युहमा फँस्नु छ शिखण्डीले छेलिएका तथाकथित महान धनुर्धारी अर्जुनको धनुर्विद्याको निरीह तारो अर्थात् भिष्मपितामह हुनु छ भोलि फेरि आधुनिक भारदारह रू ले रचेको सोफिस्टिकेटेड तर उत्तिकै घातक कोतपर्वमा पर्नु छ, भण्डारखाल पर्वमा पर्नु छ युद्धका कुनै नियमह रू लागू नहुने आधुनिक कु रू क्षेत्रमा लडनु छ खिइएका हतियार लिएर भोलि फेरि सौखिनह रू को सोखका खातिर कोलोसियममा तरबार युद्ध लडनु छ जीवनको के भरोसा छ र ? भोलि भाग्य बलियो नहुन सक्छ भोलि नयाँ जंगबहादुर उदाउन सक्छ अनि तिम्रो सूर्य अस्ताउन सक्छ भोलि तिमी सहित सयौँ यात्री सवार टाइटानिक आइसवर्गमा ठोकिन सक्छ त्य...