Posts

Showing posts from January, 2022

घर कहाँ हो अंकल?

  धेरै समयपछि फेरि कविताजस्तो लाग्ने केहि लेख्ने धृष्टता गरियो, सरस्वती माताको कृपाले । बाल-दार्शनिकलाई धन्यवाद । परेलीमा अल्झिरहेको निद्रा झार्दै उही दैनिक मुसे दौडमा सहभागी हुन हतारहतार गर्दै फेरि एकपटक घरबाट निस्कनै लाग्दा सानो थानेदारझैँ लाग्ने तिमीसँग भेट हुन्छ बुट्टे झ्यालको पर्दा उघार्दै क्षितिजमा बालसूर्य उदाएझैँ उदाउँछौ जब तिमी तब म मेरो बाल्यकाल बिर्सन्छु आमाको सारीको फेर समात्दै गाउँबेसी हुँदै कालीकिनार पुग्छु जब तिमी अर्थात् बाल–दार्शनिक समय टक्क अडिएको बेला, मेरो अन्तरात्मा हल्लिने गरी सोध्छौः हजूरको घर कहाँ हो अंकल भनी मलाइ ज्ञान प्राप्त भइहाल्छ परदेशी हुँ, धेरै टाढा जानु पो छ त दिनभरि तिम्रो गंभीर प्रश्नले लखेटिरहन्छ निरूत्तर म भागिरहन्छु, भागिरहन्छु, भागिरहन्छु - देवेन्द्र गौतम, January 31, 2020 Shared with Public

Time to wake up to an evolving health crisis

Image
-        Devendra Gautam Amidst the COVID-19 and the omicron crises, the headquarters of the first world have been grappling with an unprecedented and bizarre crisis for quite some time. Even the lesser mortal pundits of the third world, yours truly included, have been watching this crisis with keen interest, though they have more important things to do, especially in a crisis situation like this, when working extra hours to earn a bit more has become the new normal. Without beating about the bush, let yours truly delve a bit into the first-world crisis called the Great Resignation or the Great Quit. What exactly is it? And how did it happen? Occupational safety and health measures enforced to control the spread of the virus, including physical distancing, meant millions of workers started working virtually from their homes. Though an enforced measure, the workers loved it, they found soon enough that there’s no place like home, that home is also ...

संभावित आर्थिक संकटसँग जुझ्न तयारी थालौँ

देवेन्द्र गाैतम   सन २०२२ मा काेराेनाभाइरस महामारी र ओमिक्रोन संकटका कारण थलिएकाे वैश्विक अर्थतन्त्रमा तात्विक सुधार हाेला त ?   यस प्रश्नकाे उत्तर त काेराेनाभाइरससँग मात्रै पाे छ कि ? गंभीर विषयमा ठट्टा गर्न खाेजिएकाे पक्कै पनि हाेइन , पाठकवृन्द । पहिले भाइरसकाे प्रकृति बुझ्ने प्रयास गरौँ ।     हरेक जीव आफ्ना शाखा - सन्तान फैलाउन चाहन्छ , भाइरसहरू पनि सोही चाहन्छन् ।   भाइरसहरू बदलिँदो वातावरणसँगै आफू पनि बदलिन सक्छन्।   भ्याक्सिनहरूको विकास हुँदै जाँदा तिनीहरूलाई नियन्त्रण गर्न अलि सजिलो हुँदै जान्छ। जीववैज्ञानिकहरू के पनि मान्यता राख्दछन् भने भाइरसहरू धेरै कडा , ज्यानमारा प्रकृतिका हुने हो भने त तिनीहरूकै अस्तित्व पनि समाप्त हुन्छ ।   किनभने ज्यानमारा भाइरसहरू नियन्त्रण गर्न कडा बन्दाबन्दी लागू गर्नुपर्ने हुन्छ , सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ । यसको स्पष्ट अर्थ हो : आफ्नो छोटो जीवनचक्रका क्रममा भाइरस एक व्यक्तिबाट अर्कोमा ...