देवेन्द्र गाैतम
सन २०२२ मा
काेराेनाभाइरस महामारी र ओमिक्रोन
संकटका कारण थलिएकाे
वैश्विक अर्थतन्त्रमा तात्विक सुधार हाेला
त ?
यस प्रश्नकाे उत्तर त
काेराेनाभाइरससँग मात्रै पाे छ
कि ? गंभीर विषयमा
ठट्टा गर्न खाेजिएकाे
पक्कै पनि हाेइन,
पाठकवृन्द । पहिले
भाइरसकाे प्रकृति बुझ्ने प्रयास
गरौँ ।
हरेक जीव आफ्ना
शाखा-सन्तान फैलाउन
चाहन्छ, भाइरसहरू पनि सोही
चाहन्छन् ।
भाइरसहरू बदलिँदो वातावरणसँगै आफू
पनि बदलिन सक्छन्। भ्याक्सिनहरूको
विकास हुँदै जाँदा
तिनीहरूलाई नियन्त्रण गर्न अलि
सजिलो हुँदै जान्छ।
जीववैज्ञानिकहरू के पनि
मान्यता राख्दछन् भने भाइरसहरू
धेरै कडा, ज्यानमारा
प्रकृतिका हुने हो
भने त तिनीहरूकै
अस्तित्व पनि समाप्त
हुन्छ । किनभने ज्यानमारा भाइरसहरू
नियन्त्रण गर्न कडा
बन्दाबन्दी लागू गर्नुपर्ने
हुन्छ, सामाजिक दूरी कायम
गर्नुपर्ने हुन्छ । यसको
स्पष्ट अर्थ हो:
आफ्नो छोटो जीवनचक्रका
क्रममा भाइरस एक व्यक्तिबाट
अर्कोमा सर्ने संभावना कम
हुँदै जान्छ। 'होस्ट'
अर्थात् आश्रयदाता जीव नपाएपछि
भाइरसहरू थुक, सिँगान
जस्ता शरीरबाट निसृत
हुने तरल/अर्धतरल
पदार्थमार्फत एक व्यक्तिबाट
अर्कोमा फैलिने संभावना ज्यादै
कम हुने हुँदा
'सन्तानले डाँडाकाँडा ढाकेको' देख्नै
नपाइ भाइरसहरू मर्छन्
।
सामान्य रूघाखोकीको भाइरस पनि
कोरोनाभाइरस परिवारकै भाइरस हो
। स्प्यानिश फ्लुको
बेलादेखि नै यो
भाइरस सक्रिय छ,
तर यो क्रमश:
कमजोर हुँदै गइरहेको
छ तरै पनि
यसले हामीलाई दुख
दिन त छोडेको
छैन । नेचर पत्रिकामा प्रकाशित 'दि
इवोल्युशन अभ सिजनल
फ्लु वाइरसेज' शिर्षकको
लेखमा वेलिस्लावा एन
पेट्रोवा र कलिन
ए रसल लेख्छन्: मौसमी फ्लु भाइरसहरूले
वर्षेनि मानव जनसंख्याको
५-१५ % लाई
संक्रमित पार्छन् जसका कारण
विश्वभर करिब ५
लाख व्यक्तिको मृत्यु
हुन्छ ।
पेट्रोवा र रसल
थप्छन्: मौसमी फ्लु भाइरसहरू
निरन्तर उत्परिवर्तित भइरहन्छन्, यसै कारण
अघिल्लो संक्रमण वा खोप
अभियानमार्फत विकसित रोग प्रतिरोधक
क्षमताको यी भाइरसहरूमाथि
असर हुँदैन ।
हो, यहि कारण
प्रत्येक वर्ष मौसमी
फ्लुका प्रकोपहरू दोहोरिइरहन्छन्। प्रत्यक्ष
सम्पर्क,
स्वास-प्रश्वासका क्रममा निस्कने
थुकका छिटाहरू र
फोमाइटस मार्फत यी भाइरसहरू
एक व्यक्तिबाट अर्कोमा
सर्दै जान्छन्।
भ्याक्सिनहरू
मौसमी फ्लुको प्रकोप
रोक्न प्रभावकारी छन्
तर उत्परिवर्तित भइरहने
भाइरसहरूसँग जुझ्न ती भ्याक्सिनहरूलाई
नियमित रूपमा अपडेट गरिरहनुपर्छ
।
मौसमी फ्लुको कारण प्रत्येक
वर्ष मानव जीवनको
ठुलो क्षति हुने
गरेको तथ्यांक प्रस्तुत
गरियो, यसले वैश्विक
अर्थतन्त्रमा पनि ठुलै
क्षति पुर्याउने गरेको
स्पष्टै छ ।
अब कोरोनाभाइरस महामारीका कारण
वैश्विक अर्थतन्त्रमा परेको असरबारे थोरै
चर्चा गरौँ।
बिबिसी डट कममा
प्रकाशित कोरोनभाइरस: हाउ द
प्यान्डेमिक ह्याज चेञ्ज्ड द
वर्ल्ड इकोनमी शिर्षकको लेखमा
लोरा जन्स, ड्यानियली
पालुम्बो र डेविड
ब्राउन लेख्छन्: कोरोनाभाइरस महामारी
विश्वका प्रत्येकजसो देशमा फैलिइसकेको
छ ।
जन्स, पालुम्बो र ब्राउन
लेख्छन्: स्टक बजारहरूमा
कम्पनीहरूका शेयरहरूको खरिद तथा
बिक्रि गर्ने गरिन्छ। यी
बजारहरूमा ठुला परिवर्तनहरू
हुँदा (शेयरहरूको मूल्यमा तलमाथि
हुँदा निवृत्तिभरण तथा
व्यक्तिगत बचत खाताहरूमा
असर पर्न सक्छ।
कोरोनभाइरस संकटका शुरूका महिनाहरूमा
कोरोनाभाइरस संक्रमण बढ्दै गर्दा
एफटिएसइ, डाओ जन्स
इन्डस्ट्रीयल तथा निक्की
(अन्तराष्ट्रिय शेयर बजारहरू)
को मूल्य धेरै
घटेर गयो ।
कोरोनाभाइरसविरुद्धको
पहिलो खोपको घोषणा
भएसँगै मुख्य एशियाली तथा
अमेरिकी स्टकहरू तंग्रिएका छन्
तर एफटिएसइ अझै
पनि ऋणात्मक क्षेत्रमै
छ ।
अन्तराष्ट्रिय
मुद्रा कोषका तथ्यांकहरू पेश
गर्दै उनीहरूले लेखेका
छन्: सन २०१९-२० मा
सबै मुख्य अर्थतन्त्रहरूमा
बेरोजगारीको डर बढेको
छ । यसै
गरी सन् २०१९-२०२० मा
अधिकांश देशहरू आर्थिक मन्दीले
ग्रस्त रहेको मुद्रा कोषका
तथ्यांकहरूले पनि देखाएका
छन् ।
उक्त लेखमा उल्लेख छ:
सन् २०२० मा
चिनमात्र त्यस्तो मुख्य अर्थतन्त्र
रह्यो जसले आर्थिक
वृद्धि हासिल गर्न सक्यो। त्यस
वर्ष चिनको आर्थिक
वृद्धि २.३
प्रतिशत रह्यो। सन् २०२१
मा ५.२%
को वैश्विक आर्थिक
वृद्धि हुने प्रक्षेपण
मुद्रा कोषले गरेको छ
।
तर यो वृद्धि
समान नहुने निश्चित
छ । भारत
र चिनजस्ता देशहरूका
कारण यो आर्थिक
वृद्धि भएको देखिनेछ। स्मरणीय
छ, २०२१ मा
भारत र चीनको
आर्थिक वृद्धि क्रमश: ८.
८ र ८.
२% हुने प्रक्षेपण
मुद्रा कोषले गरेको छ।
आतिथेय (हस्पिटालिटी) उद्योग, पर्यटन, भ्रमण,
किनमेल आदि जस्ता
जीवनका धेरै क्षेत्रहरूलाई
यस महामारीले नकारात्मक
असर पारेको छ।
तर भ्याक्सिन उत्पादनमा
संलग्न औषधि कम्पनीहरू
भने मालामाल भएका
छन्।
लेखका अनुसार मोडर्ना, नोभाभ्याक्स
तथा अस्ट्राजेनेकाको शेयर
मूल्यमा वृद्धि भएको छ
तर फाइजरको शेयर
मूल्य भने घटेको
छ। सरकारहरूले कोभिड
भ्याक्सिन तथा उपचारका
अन्य विकल्पहरूका लागि
ठुलो रकम गर्दा
त्यसको प्रत्यक्ष फाइदा औषधि/भ्याक्सिन निर्माता कम्पनीहरूलाई
भएको छ ।
महामारी फैलिँदै गर्दा सरकारहरू
यससँग जुझ्न लकडाउनलका
नयाँ कदमहरू लागू
गर्दैछन् भने राष्ट्रिय
अर्थतन्त्रहरू र व्यवसायहरू
क्षतिको आँकलन गर्दैछन्।
सन् २०२२ मा
यस महामारीले मात्रै
होइन, अन्य विविध
संकथारूले समेत विश्व
अर्थतन्त्रमा असर पार्ने
देखिँदैछ ।
यस वर्षको शुरूमै रूस
र युक्रेनबिच विवाद
चुलिएको छ ।
यस विवादमा अमेरिका
र बेलायत लगायतका
पश्चिमा देशहरू रूसविरुद्ध मोर्चाबन्दी
गर्दैछन् । विवाद
लम्बिँदै र गहिरिंदै
गयो भने रूसबाट
योरोपमा र अन्य
देशहरूमा हुने तेल
तथा ग्यासको निर्यात
प्रभावित हुनेछ । रूसलाई
तह लगाउन अमेरिकी
नेतृत्वको अन्तराष्ट्रिय गठबन्धनले आर्थिक नाकाबन्दी
लगायो भने त्यसको
असर विश्व अर्थतन्त्रमा
पर्ने नै छ
।
पेट्रोलियम
पदार्थको निर्यातकर्ता खाडी क्षेत्र
अहिले पनि अशान्त
छ। यमनका
हुती विद्रोहीहरूले संयुक्त
अरब इमिरेट्समा आक्रमण
गरिरहेका छन्। इमिरेट्स
यसै गरी अशान्त
रहने हो भने
पेट्रोलियम पदार्थको उत्पादन तथा
निर्यात थप प्रभावित
हुने निश्चित नै
छ । मूलत:
ग्यास, डिजल, पेट्रोल तथा
हवाइ इन्धनको बलमा
संचालित विश्व अर्थतन्त्रमा यसको
गम्भीर असर पर्ने
देखिन्छ ।
त्यसमाथि हाम्रो छिमेक पनि
कम अशान्त छैन।
लद्दाख, कश्मीर लगायतका सीमा
विवादहरूले कुरूप मोड लिने
संभावना छँदैछ। विश्वका दुइ
ठुला अर्थतन्त्र चिन
र भारतबीच अशान्ति
कायम रहिरह्यो भने
वा युद्ध नै
भयो भने त्यसको
असर वैश्विक अर्थतन्त्रमा
पर्ने नै छ
। भारत-पाकिस्तान
सम्बन्ध बिग्रँदै गयो भने
पनि कम्तिमा पनि
दक्षिण एशियाली उपमहाद्वीपमा ठुलै
असर पर्नेछ।
यसै गरी महाशक्ति
हुन लालायित आर्थिक
शक्ति चिन एउटा
पूर्ण आँधीको सामना
गर्दैछ भनिँदैछ। रियल
स्टेट संकट (एवरग्रान्ड),
पेट्रोलियम पदार्थहरूको अभाव, मूल्यवृद्धिको
संभावना, महामारी नियन्त्रण गर्नका
लागि प्रयोग गरिने
लकडाउन लगायतका उपायहरूका कारण
चिनको अर्थतन्त्रमा मात्रै
प्रभाव पार्ने छैन, विश्व
अर्थतन्त्रलाई नै यसले
गम्भीर असर पार्ने
देखिन्छ । ताइवानसँगको
विवाद चुलिँदै गयो
भने रूस, अमेरिका,
बेलायत, जापानलगायतका अन्तराष्ट्रिय शक्तिहरू एक वा
अर्को पक्षको समर्थनमा
उभिने संभावना छ
।
अफगानिस्तान
संकटका कारण भोकमरीजन्य
परिस्थितिका कारण लाखौँ
नागरिक विस्थापित हुँदैछन्, यस
विस्थापनको असर भारतसँग
खुला सीमामार्फत जोडिएका
नेपालजस्त कमजोर देशहरूमा बढी
नै पर्ने देखिन्छ। सिमा
नजोडिएको भए पनि
म्यामारलगायत देशहरूबाट विस्थापितहरूको व्यवस्थापन
गर्न बाध्य, कोरोनासंकटका
बेला आफ्नै जनसंख्यालाई
सुरक्षित राख्न संघर्ष गरिरहेको
बेला नेपालको अवस्था
के होला ?
स्मरणीय के छ
भने अफगानिस्तान मात्रै
खाद्यसंकटग्रस्त छैन। विश्वभर
नै खाद्यपदार्थहरूको मूल्यवृद्धि
भइरहेको छ अनि
यसविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।
नेपालमै पनि महामारीका
बेला रोजगारी गुमाएकाहरू
खाना माग्दै टोलटोल
भौँतारिएको हामीले देखेकै हौं।
नेपालसँग खुला सीमा
जोडिएको भारतमा महामारीले कुन
रूप लेला ? भारतमा
महामारी भयावह रूपमा फैलियो
भने नेपालको 'खैरियत'
छैन भन्ने बुझे
हुन्छ ।
यसो किन भनिएको
भने भारतको 'संवृद्धि'
बाट फाइदा उठाउने
किसिमका जति हावा
गफ गरे पनि
त्यस्तो 'संवृद्धि'बाट फाइदा
उठाउन आवश्यक संस्थागत
क्षमता हामीसँग छैन। छिमेकी देश भारत
र चिन धनी
हुँदा हामी पनि
धनी हुन्छौँ भनी
मान्ने हो भने
त हामीले यतिखेर
संवृद्धिको सगरमाथामा राष्ट्रिय झण्डा
गाडिसकेका हुन्थ्यौँ। संस्थागत क्षमता
नहुँदा संवृद्धिबाट फाइदा उठाउन
नसके पनि छिमेकी
संकटमा पर्दा आफूपनि संकटमा
आकण्ठ डुब्न बाध्य
हुनुपर्दो रहेछ भन्ने
त महामारीले नै
देखाएको छ ।
भारतमा महामारी चरमचुलीमा पुगेको
१५ दिनदेखि १
महिनाभित्र नेपालमा पनि महामारी
चरमचुलीमा पुग्ने गरेको हालका
ट्रेन्डहरूले, तथ्यांकहरूले देखाएका छन् ।
महामारी नियन्त्रण गर्न विश्वभर
लकडाउन, शटडाउन लगाइँदा विप्रेषणमा
निर्भर नेपालजस्त देशहरूमा विप्रेषण
प्रवाहमा थप असर
पर्ने संभावना छँदैछ
।
उल्लिखित संकटहरूका कारण सन्
२०२२ मा वैश्विक
अर्थतन्त्रमा गम्भीर असर पर्न
सक्ने देखिन्छ ।
नेपालजस्ता अनौपचारिकताको बाहुल्य भएको संकटापन्न,
अस्थिर अर्थतन्त्रमा छिमेकमा वा समग्र
विश्वमा देखिएका संकटहरूको गंभीरतम
असर पर्न सक्छ
।
खुशीको कुरा के
भने हाम्रोमा कुशल
नीतिनिर्माताहरू, विषयविदहरू, योजनाविद्हरूको कमी
छैन, राजनीतिक इच्छाशक्तिको
कमी छैन, विगतका
अनुभवहरूले पूर्वतायारीमा कमी भएको
तथा कामभन्दा गफ
धेरै हुने गरेको
भने देखाएका छन्। जे
होस्, उहाँहरूको विज्ञता,
तत्परता तथा तयारी
आसन्न संकटहरूसँग जुझ्नका
लागि पर्याप्त हुने
नै छ भन्ने
आशा गरौँ।
Comments
Post a Comment