सम्पदा संरक्षणमा जुटाैँ
राज सिंह (२१) जनकपुरबाट काठमाडौ घुम्न आएका छन्। उनी जनकपुरमै बिएस्सी अध्ययनरत छन्। स्वयंभू महाचैत्य लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने उनको योजना छ। सोहि योजना अनुरूप बिहीबार (असार १६, २०७९) का दिन उनी स्वयंभूस्थित विश्व शान्ति पोखरी परिसरमा भेटिए। पोखरीमा त्यस्तो के छ जसले मान्छेलाई तानिरहेको छ? पोखरीको वरिपरि रेलिङ्ग लगाइएको छ, बिचमा शाक्यमुनि बुद्ध विराजमान हुनुहुन्छ। बुद्धका पाउमुनि ससानो, चिटिक्क परेको भिक्षापात्र/दानपात्र छ। नेवारीमा यसलाई गुल्पा भनिन्छ। पढ्दा, सुन्दा अचम्म लाग्नसक्छ तर त्यहि गुल्पाले तानिरहेको छ मानिसहरूलाई। जति मानिस, त्यति असमेल इच्छा, आकांक्षा, भावनाहरू, अस्तित्वजन्य र अन्यान्य प्रश्नहरू। तिनै 'जिनिसहरू'को भारी बोकेका मानिसहरूको लर्को लाग्छ स्वयंभू लगायतका धार्मिक आस्थाका केन्द्रहरूमा। मनभरिका इच्छा, आकांक्षाहरू पुरा गर्न, प्रश्नहरूको उत्तर पाउन कर्म गर्नु अपरिहार्य त छँदैछ। ती प्रयासहरूमा दैवीशक्तिको कृपा बर्सिए त मनोकांक्षा पूर्ण हुन धेरै बेर लाग्दैन। यस्तै सोच...