जैसे भी हो शालग्राम चाहिए

जैसे भी हो शालग्राम चाहिए करिब ५ महिना अघिको अन्तिम शनिबारको बिहान । अकिञ्चन भीडमा आफैलाई हराएर थकाली किचन (मध्यवानेश्वर) वरपर खाजाघरविशेष धुइँपत्ताल खोजिरहेको थियो। त्यहाँ मसान्तमा यदाकदा आयोजन हुने कार्यालयको जमघटमा उपस्थित हुनु थियो तर समय भने अलि घर्किसकेको थियो। करिब ११ बजेसम्म भोकै भौँतारिनुपर्दा पेटमा मुसाले छुत्ती खेलिरहेका थिए। घरबाट हिँडनुअघि गूगल म्यापमा खोज्दा ठ्याक्कै भेटिएको उक्त खाजाघर अस्तित्वमै नरहे जसरी बिलाएजस्तो भएको थियो। दक्षिण एशियाजस्तो खतरनाक भूखण्डमै रहेको भएपनि, तीन करोड जनसंख्याका लागि चाहिनेभन्दा जति नै बढी संख्यामा लेण्डुपहरू, क्विज्लिंगहरू, मीर जाफरहरू उपलब्ध भएपनि देशैसमेत यसरी बिलाउँदैन! हुन त अति चलासनधर्मी जातिका लागि देश एउटा स्थायी थातथलो भन्दा पनि एक बिसौनीजस्तो हुँदो रहेछ, चाहे त्यो भूस्वर्ग नै किन नहोस्। जनसंख्याको आधारमा विश्वको सबैभन्दा ठुलो देश, वैश्विक आर्थिक मन्दीबिच पनि करिब ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गरिरहेको विश्वको पाँचौँ ठुलो अर्थतन्त्र (आकार करिब ३.५ ट्रीलियन) का लागि समेत सातौँ ठुलो विप्रेषणको स्रोत रहेको, अर्व...