Posts

Showing posts from March, 2026

हावामा पैसा

  देवेन्द्र गौतम लक्ष्मी चंचलाश्री हुन्छिन् अर्थात् ऐश्वर्यकी देवी एकै ठाउँ बस्दिनन् भनिन्छ। एकसेएक अर्थशास्त्री भएको अनि उहाँहरू सबै डलरको पहाडमुनि ( डलर थुप्रियो , अब के गर्ने ? भन्ने किसिमका चित्रविचित्र   समाचारहरू आइरहेको परिप्रेक्ष्यमा ) राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खाइनखाइ खटिइरहेकाे यस देशको यस कालखण्डमा अकिञ्चनले उपरोक्त विषयमा धेरै बोल्नु / लेख्नु मनासिव नहोला किन पनि भने ऊसमेत सम्बद्ध निजी संचार क्षेत्र हरितन्नम अवस्थामा छ त्यहाँ रजगज गरिरहेका केही हात्ती , गैँडा , बाघ , चितुवा , डाइनोसरहरूलाई बिर्सिदिने हो भने।   त्यसै पनि यस भेकका विशुद्ध कलमजिवीहरूको कहिले दाहिना थिइन् र लक्ष्मी जाली तम्सुक लेखकहरूलाई कलमजिवी नमान्ने हो भने ?    जे होस् , देखे - बुझेको कुरा रिट्ठो नबिराइ लेख्न त पाइएला कि अभिव्यक्ति स्वतन्त्रताको सूर्य चम्किरहेको यस युगमा ?    एउटा लोकप्रिय गीतको अंशबाट यो लेख अघि बढाऊँ : बेनीको बजार , जता माया उतै छ नजर ...