हावामा पैसा

 

देवेन्द्र गौतम

लक्ष्मी चंचलाश्री हुन्छिन् अर्थात् ऐश्वर्यकी देवी एकै ठाउँ बस्दिनन् भनिन्छ। एकसेएक अर्थशास्त्री भएको अनि उहाँहरू सबै डलरको पहाडमुनि (डलर थुप्रियो, अब के गर्ने? भन्ने किसिमका चित्रविचित्र  समाचारहरू आइरहेको परिप्रेक्ष्यमा) राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खाइनखाइ खटिइरहेकाे यस देशको यस कालखण्डमा अकिञ्चनले उपरोक्त विषयमा धेरै बोल्नु/लेख्नु मनासिव नहोला किन पनि भने ऊसमेत सम्बद्ध निजी संचार क्षेत्र हरितन्नम अवस्थामा त्यहाँ रजगज गरिरहेका केही हात्ती, गैँडा, बाघ, चितुवा, डाइनोसरहरूलाई बिर्सिदिने हो भने। 

त्यसै पनि यस भेकका विशुद्ध कलमजिवीहरूको कहिले दाहिना थिइन् लक्ष्मी जाली तम्सुक लेखकहरूलाई कलमजिवी नमान्ने हो भने

 जे होस्, देखे-बुझेको कुरा रिट्ठो नबिराइ लेख्न पाइएला कि अभिव्यक्ति स्वतन्त्रताको सूर्य चम्किरहेको यस युगमा?   

एउटा लोकप्रिय गीतको अंशबाट यो लेख अघि बढाऊँ:

बेनीको बजार,

जता माया उतै नजर,

उल्लीखोला झरो मोटर

 

खासमा खाँटी गीतको अन्तिम पंक्तिचाहिँकिरेमिरे जाले रूमालहोत्यसलाई युगानुकुल थोरै मोडिफाइ गरियो मोटर उल्लीखोला झरेपछि 

 

गुल्मी जिल्लाको मगरबहुल क्षेत्रतिर बोलीचालीको भाषामा झर्यो, पर्यो, तर्यो, मर्यो  भनिँदैन, झराे, पराे, तराे, मरो भनिन्छ, कतिसम्म भने प्रकाश परकास, प्रेम पेरेम/पिरिम भइदिन्छ प्रकाण्ड व्याकरणविदहरूलाई कति विधि अजीर्ण हुँदो हो हाम्रो यस्तो बोली सुन्दा

नेपाली साहित्यका कुनै निष्णातले झर्रो भाषा भनेर यतैतर्फ इङ्गित गरेका पो हुन् कि?

विद्वानविशेषले त्यस्तो नाम नराखिदिएको भए हमारी आंचलिकताको भला काैन पुछता, भाइसाहब?   

गुल्मीको जोहाङ्ग गाउँको बडीगाड (बडी = ठुलो, गाड = खोला) मा पहिलो पटक मोटर (ट्रयाक्टर। मालवाहककाे रूपमा अकिञ्चनलाई त्यतिखेरसम्म भीमकाय पाङ्ग्रा भएका ट्रयाक्टरहरूको प्रयोग भएको संझना अनि सम्झना तिनमा चढ्न केटाकेटी बतासिएको बाइरोडको बाटोमा धुलो उडाउँदै) पुग्दा त्यतातिर प्रचलित परंपरा अनुरूप पक्कै पनि रूपियाँको माला लगाएर स्वागत गरिएको थियो होला साँच्चै, आमासँग फुर्लुंग, देउराली, धुतुंग, उल्लीखोला, टाटिम, ध्वाघाट, सिँदुरे हुँदै तालखोला तरेर मावली गाउँ थानापति पुग्दा उल्लीखोला-टाटिम खण्डमा जैविक धुलो पनि टन्नैसेवनगरियो होला सास फेर्ने क्रममा।     

 

गुल्मीकै टक्सारबाट ज्ञवा, टाटिम हुँदै, धुलोको कुइरीमण्डल सिर्जँदै ट्रयाक्टरहरूको आवतजावत एक किसिमको क्रमभङ्ग थियो, वर्षौँदेखिचाँदीकटाइगरिरहेको हाम्रो खेतखलिहान भएको खैरेनी बजारका व्यापारीहरू हेर्याहेर्यै भएका थिए। भीमकाय पाङ्ग्राजडित यी वाहनहरूले खच्चडलाई प्रतिस्थापन गरे, आर्थिक चहलपहल बढाए तर पहाडी धुले बाटाहरूको दोहोलो पनि काढे लरीहरूले अमेरिकी सडकहरूपित्रपारे जसरी।                

 

नून, मट्टितेल, चिया, चिनी, चामल, लत्ताकपडा आदि बोकेर ती वाहनहरू रनवन थर्काउँदै उल्लीखोला झर्थे, फर्किँदा बढीमा तिनले ज्ञवाको सार्वजनिक धारा (सर्दीपानी) बाट केही ड्रम/जर्किन पानी भरेर अलि उँचो भूभागमा रहेको टक्सार बजारको तिर्खा मेटाउनेलागेपुगेकोप्रयास गर्थे 

 

उल्लीखोला जम्दै गएपछि यदाकदा अन्नबेसाउन’, काफलसित मकै, कोदो आदि साट्न हाम्रा गाउँतिर सोझिने भार्सेली पाइलाहरू पनि त्यतैतिर सोझिन थाले। 

 

चंचलाश्री लक्ष्मी झन् छड्किइन्, अब गर्ने के? पुर्पुरोमा हात राखी, ‘तिमी आउँछौ भन्ने आशै आशमागाइ बसिरहने? गाउँ सोच्दो भयो उल्लीखोला झर्दा, घर फर्किंदा तर उपाय नास्ति। अब त्यो सोच पुरानो भइसक्यो, गाउँ बाँडिएर मधेश, काठमाण्डौ, योरोप, अमेरिका, खाडी, जपान लगायतका भूखण्डहरूमा पलायन भइसकेको , बाँदर अन्य वन्यजन्तुहरूलाई शासनसत्ता सुम्पेर आटो खाने पाटा, चामल खाने खेत, घाँसदाउरा धान्ने खेतबारी, घरआँगन  मासेर बनाइएका धुले बाटाहरूमा धुलो उडाउँदै।


मिनबहादुर विष्टजीको प्रसिद्ध कविता ‘..........पहाडमें क्या रक्खा है, होइन ?  

बोनस नै भनूँ, यता नेताहरूलाई चाहिँ वन्यजन्तुबाट बालीनाली मानवजीवनको सुरक्षा दह्रो चुनावी मुद्दाका रूपमा हात लागेको छ।

नेपथ्यमा गुन्जिरहेको पानी और जवानीवाला गीत, भक्तजनहरू भक्तिभावमा झुम्दै ताली बजाइरहेछन्। तिनलाई लाग्छ, जीवनदायिनी नदी, खोलाहरूलाई खुरूक्क कौडीका भाउमा बेचेर अनि डिजल, पेट्रोलका महानदीहरू हाम्रा घरआँगन, सडक, कलकारखानामा बगाएर मात्रै स्वदेशमा सुख, शान्ति, संवृद्धि भित्र्याउन सकिन्छ, अन्य उपाय नास्ति।

 

मणिमाणिक्य कौडीका भाउमा अन्त कहाँ बिक्छन् होला हाम्रा गौरवशाली गाऊँशहरहरूमा बाहेक? 

 

यो प्रश्नघाममा सुकाउँदैवानेश्वर चोकतिर लागूँ जहाँ कुनै शालिग्राम सिंह (अकिञ्चनले दिएको नाम) माेबाइल फोनमा कड्किरहेको : जैसे भी होशालग्रामचाहिए। उता शालिग्राम तस्करहरूको भूस्वर्गमा परिणत मानव सभ्यताको कोक्रो अर्थात् कालीगण्डकी रोइरहेको , यता विष्टको ….. ‘पहाडमें क्या रक्खा हैभट्याउँदै, अतिप्रतिभावानहरू भूस्वर्गको खोजीमा, दुध मह बग्ने नदीयुक्त भूभागहरूको खोजीमा गच्छे अनुसार गाउँ, प्रदेश, देश छोड्दाछन्। 

 

बडेबडे देशोँमे ऐसी छोटीछोटी बातें होती रहती है। क्यों, ठिक कहा ना भाइसाहब

 

इस धुँधले वर्तमानमें क्या रक्खा है जहाँसे भविष्य एक महाविपद्  सी प्रतीत  होती है

 

नेपालमा दशकौँदेखि चलिरहेको आन्दोलनको नयाँ संस्करण मंचन भएको, त्यसअघि एक युवाउद्यमीले ठगिएर, भ्रष्टाचारले आजित भएपछि आत्मदाह गरेको  नीतिगत भ्रष्टाचारको एक केन्द्र छाडेर, अनिश्चित भविष्यबाट वाक्कदिक्क भएर आफ्नैजेनजीयुगको उल्लीखोला फर्किन्छ अकिञ्चन। 

स्वर्ग अन्त कहाँ होला?

 

पुलको मुखै छेउ, उल्लीखोला। किरिम पाउडर नलगाएको, बडेमाको चियादानीमा चिया उम्लिरहेको , चियापारखीहरू बेन्चमा अटेसमटेस गर्दै बसिरहेका छन्, कोही चिया पिउँदै अनिसियापनि लिँदै, कोही पालो कुर्दै त्यो त्यस जमानाकोवाइरल’ (अत्यन्त लोकप्रिय) चियापसलमा।

उबेला  उल्लीखोला ओहोरदोहोर गर्नेहरूका लागि त्यो होटलविशेष एउटा चौतारोजस्तै थियो। होटल (त्यतातिर चियापसललाई पनि होटल नै भनिन्छ) को मुख्य विशेषता के थियो भने चियाको भाउ टाटिमको उकालो चढ्दै गर्दा पनि त्यहाँ भने अलि पछिसम्म नै मो रू मा एक कप दुधवाला चिया पाइन्थ्यो। 

त्यतिखेर हाम्रो भेकमा पाइने एकमात्र मोती डस्ट चियाकोकमालपक्कै होइन होला ती होटल संचालककोतपले पग्लिएर कुनै अप्सरा उल्लीखोला किनारमा प्रकट भई एउटा अक्षय कित्ली नै दिइन् होला जसका प्रतापले उनले दीर्घकालसम्म मो रू मै लोकलाई चियापान गराइ राम्रै व्यापार गर्न सके। 

चुकौनी, डोनट, बिस्किट आदि बिक्रीबाट प्राप्त आम्दानीले चियाव्यापारबाट हुने घाटा सहजै पूर्ति गर्थे कि तिनले?         

कलिको प्रभाव नै भनूँ, त्यहाँ पनि अलि पछि चियाको मूल्य उकालो लागि मो रू पुग्यो।        


केकस्तोजुक्तिगरेर तिनले लामो समयसम्म त्यति सस्तोमा चियासर्वगर्न सके, त्यस्तो सफल व्यापारिक मोडल निर्माण गर्ने क्रममा केकति समस्या भोगेत्यो सबै ज्ञान, सबै अनुभव उनीसँगै कालकवलित भयो। 

वयोवृद्धकालमा आफ्नो होटलमा ती व्यक्तिले थप एउटा विशेषता भित्र्याए। थप किन भनियो भनेमैपनि झिल्के हुनेउमेरमा उनले त्यस्ता थुप्रै विशेषताहरू भित्र्याएका थिए भन्ने चर्चा चल्ने गर्थे। अलि सफल व्यक्तिकै चर्चा-परिचर्चा हुने हो।  


जे होस्, विशेषताको प्रवेशपछि चियापसलका काला भित्ताहरू चम्किएजस्ता लाग्नथाले, चियापारखीहरूको लर्को झन लम्बियो, चिया, डोनट, चुकौनी आदिको व्यापार पनि अकासियो। 

 

तर नथिंग लास्ट्स फरेव’, राइट

 

एकदिन सुनियो, ती वयोवृद्धकी अधुनातम विशेषता सिरीखुरी समेटेर अलप पो भइछन्। 

 

उल्लीखोलासँग अकिंचनको भेट हुन जुग लाग्यो, त्यतिखेरसम्म बडीगाड कति टेथिस सागर बगिसकेको थियो होला खै। 

करिब २५ वर्षअघि संयोगवश घरबाट मजुवा जानेक्रममा पुलका मुख, उल्लीखाेलाकाे त्यस बुकुरोमा एउटा प्राचीन पात्र देखिए। लामा खुट्टा, कृशकाय शरीर, पाइला सार्न पनि सकस। तिनै सफल व्यवसायी थिए ती व्यक्ति। 

बुढेसकालको त्रासदी देखेर अकिंचनका नौनाडी गल्दा भए। 

 

वक्त ने किया

क्या हसीं सितम

तुम रहे तुम

हम रहे हम

 

अकिञ्चनका आँखाले ती पौराणिकजस्ता लाग्ने पात्र मात्र होइन, उल्लीखोला बजार नै श्रीहीन देख्यो। 

 

सम्झिल्याउँदा लाग्छ, जोहांग, भार्से, जुनियाँ आदि गाउँहरूबाट सुख अनि संवृद्धिको खोजीमा खैरेनी फाँटमा बस्ती सरेसँगै चंचलाश्री पुन: खैरेनी सरिन् के आश्चर्य भो?  

उल्लीखोला बजार जति फैलनुपर्ने थियो फैलिसकेको थियो, अब संकुचन बाहेक के विकल्प थियो उसँग जस्तो लाग्यो। 


चित्त बुझाउने बाटो भनूँ! कुनै बेला जिल्लाको सदरमुकामकै रूपमा परिकल्पना गरिएको खैरेनी फाँटसँग भार्से, रिम्मा, थोर्गा, रिडी, तम्घास मात्र होइन ढोरपाटनसमेत सडक संजालमार्फत् जोडिएको कालीगण्डकी करिडोरका माध्यमले।

त्यही करिडोरमा पर्ने उल्लीखोला संवृद्धिको अर्को युग कुरिरहेछ।


कर्नल स्याण्डर्सको लिगेसी बोकेको केन्टकी फ्राइड चिकनजस्तै, बाजेको सेकुवाजस्तै, बरमझियाको पेडाजस्तै  ती चियापसलेको नाममा ब्राण्ड नै स्थापित गर्न सकिन्थ्यो कि? उनका शाखासन्तान सम्बन्धित गाउँपालिकाले यसबारे सोचे हुन्थ्यो।

 

अन्त्यमा,

करिब २५ वर्ष लामो व्यावसायिक जीवनमा आर्जेको अनुभवका आधारमा यो कलमजिवी भन्छ: यस देशमा गरिखानेलाई असाध्यै दु: , ठगिखानेलाई चैन छ। 


हुन सीमापारिका कतिपय व्यापारिक-औद्योगिक पृष्ठभूमिका व्यक्तिहरू नेपालमा हावामा पैसा तैरिरहेको देख्छन्  रे, त्यताका शीशमहलहरूबाट सूक्ष्मदृष्टि दिँदा त्यस्तो देखिन्छ पनि होला, तिनीहरूसँग मा बल्छी थापी नोट निकाल्ने विशेष ज्ञान, सिप, प्रविधि भएको बुझिन्छ। तर यहाँका हावामहलहरूबाट नियाली हेर्दा कहालीलाग्दो सङ्कट मात्र देख्छ, धुवाँको मुस्लो मात्र देख्छ, रूपियाँ-पैसा तैरिरहेको कतै देख्दैन, यो सानो लोक आफ्नै अक्षबाट उछिट्टिन्छ कि जस्तो गरी घुमिरहेको अनुभव गर्छ अकिञ्चन।


अकिञ्चनले पुन: आँखा जँचाउनु पर्ने भएको हो कि, वर्टिगोको लक्षण हो कि सङ्कट साँच्चै चुलिएको हो?



https://gorkhapatraonline.com/news/194008 

Comments

Popular posts from this blog

के गरी खाअैाला तिमीहरूले ?

Why read?

Welcome to the countryside: This is not a one-horse town!