पानीकाे फाेकाजस्ताे जीवनः मलाइ उहाँकाे आशिर्वाद लागाेस्

टिलपिल टिलपिल आँखा। उमेरले पाका तर तेजिला, चम्किला, स्वस्थ देखिने, टाेलछेउकै पसलमा बसिरहनुभएकाे बुढेसकालकाे साथी अर्थात् लाैरी बिसाउँदै। छाेराछाेरी विदेशमै छन् शायद। स्वदेशमै भए पनि आआफ्ना कार्यव्यापारमा व्यस्त हाेलान्, नातिनातिना टिकटक, फेसबुक, ट्विटर, इन्स्टामा व्यस्ता हाेलान्। श्रीमतिजी हुुनुहुन्छ, हुनुहुन्न थाहा भएन।
मनमा अनेकानेक कुरा खेल्न थाले। सेताे हुँदै गएकाे केशराशि -- राशि भन्नु नै के छ र, मरूभूमिकरण भैसक्याे कपालकाे, गन्न मिल्ने केही त्यान्द्रा बाँकी हाेलान् -- ले तर्साउन थाल्याे। सुख्खा आँखा रसाउलान् जस्ता भए मेरा। मन कटक्क खायाे, ढल्दै गरेकाे उमेरकाे त्रासदीले गाँज्न खाेज्याे ।
तरै पनि अलिकति साहस बटुलेँ । आफू पाे civilian भइयाे त पितापुर्खाकाे त सैनिक पृष्ठभूमि नै हाे ।
सश्रद्धा नमस्कार गरेँ। मुसुक्क मुस्काउनुभाे। मनका ढाेका खुलेजस्ताे भाे।

अनि कुराकानी शुरू भाे।

उहाँः कति वर्ष पुगेँ हाेला बाबु म?
म (अनुमानका भरमा): ७५ पुग्नुभाे हाेला।
ठट्टा गरेकै हाेइन, मलाइ खासमा उहाँ ७० तिरै हुनुहुन्छ जस्ताे लाग्या थियाे ।
उहाँः हाेइन बाबु, म त ९० कटेँ, ९२ लागिसकेँ ।
अनि अझ द्रवित हुँदै उहाँले थप्नुभाेः
मलाइ त माथिबाट बाेलाइसक्या'छ ।
मैले पनि यस्तै सुन्याछु बुबा। कस्तो संकेत आउँछ माथिबाट?
*********************************
उहाँः सपनामा बाेलाउँछ । यसअघि पनि बाेला'काे थियाे हकारेर पठाएँ । यस पटक त हुँदै हुँदैन, अब बस्न पाउँदैनस्, जानैपर्छ भन्छ । महिनादिन जतिमा जान्छु हाेला ।
उहाँले "बाेलाइसक्याछ" भन्दा मैले शैशवकालमा बिताएकाे सधैंभरि चलचित्रकाे रिलजस्तै फनफनी घुमिरहने नेटा, उकालीओराली, भीरपाखा, गाउँबेसीका तितामिठा संझनाहरूले भरिएकाे सरल, छलकपटरहिन ग्रामीण जीवन संझेँ ।
पहाडमा हाम्राे घर नजिकै कान्छी हजुरआमाकाे घर थियाे। मेरी आमा उहाँकी भतिजी। मेराे बुबा उच्च पदासीन सरकारी जागिरे हुनुहुन्थ्याे, कहिले कुन जिल्लामा कहिले कुन जिल्लामा सरूवा भइरहन्थ्याे, त्यसैले पनि हुनुपर्छ हामीले पहाड छाेडेका थिएनाैँ त्यतिबेला । काकाकाकी (उहाँका छाेराबुहारी) नातिनातिनासहित बुटवल बस्नुहुन्थ्याे । कान्छा हजुरबाकाे हामी नजन्मिँदै निधन भइसकेकाे थियाे। उहाँ हाम्राे पथप्रदर्शक गुरूजस्ताे, जीवनका अँध्याराहरूबाट उज्यालाेतर्फकाे बाटाे देखाउनुहुन्थ्याे । हामीलाइ अराउनुहुन्थ्याे, ज्ञानगुनका कुरा सिकाउनुहुन्थ्याे, उमेरकाे काँचाेपनाका कारण हामीले उहाँले भनेका कति कुरा बुझ्न सकेनाैँ हाेला जस्ताे लाग्छ अचेल।
कुनै उदास साँझ उहाँ कृशकाय जुन आँगनमा टुप्लुकिएजस्तै हाम्राे घरमा टुप्लुकिनुहुन्थ्याे। घरकाे भूइँतलामा अँगेनाकाे छेउमा बसेर फुपु-भतिजी कुरा गर्नुहुन्थ्याे, हामी -- म र मेरा दुइ दिदीहरू -- पनि बेलाबेला बिनाप्रसंग खुबै जानेकाे जस्ताे गरी आफ्ना कुरा मिसाउँथ्याैँ खुबै उपबुज्रुक भएजस्ताे गरी।
त्यसबखतका धुमिल संझनाहरू यस्तै छन्। तर अझै पनि हजुरआमाले दाेहाेर्याइरहने एउटा वाक्य कानमा गुञ्जिरहन्छ ।
"आज फेरि उहाँले बाेलाउनुभाे।"
हामी बुझिहाल्थ्याैँः हिजाे राति सपनामा वा तन्द्रावस्थामा हजुरबुबाले हजुरआमालाइ फेरि बाेलाउनुभएछ ।
अनि उहाँ थप उदास भएजस्ताे लाग्थ्याे, सेतै फुलेकाे कपालमा रहेका केही काला धर्सा पनि फुल्दै गएजस्ताे, अनुहारमा परेकाे चाउरी अझ गहिरिएजस्ताे लाग्थ्याे।

साँझपख जूनजस्तै हाम्राे आँगनमा झुल्कने कान्छी हजुरआमालाइ आज यतै बस्नुस् न कति भनियाे तर उहाँले कहिल्यै मान्नुभएन। सधैँभरि उहाँकाे उत्तरकाे भाव एउटै हुन्थ्याेः मलाइ मेरै ओछ्यान प्याराे छ, अन्त (अन्यत्र) निद्रा लाग्दैन। जीवनका उकालीओराली गर्दागर्दै त्याे माेड पनि आयाे जब हजूरआमा एक्लै बस्न सक्ने अवस्था भएन, छाेराबुहारीकाे साथ नभइ नहुने अवस्था आयाे । अनि उहाँ बुटवल झर्नुभाे, त्यसपछि त भेटघाट पातलिँदै गयाे, उहाँ हाम्रा लागि आकाशकाे जूनजस्तै हुनुभाे।
हाे, म व्यवसायिक जीवनमा त्यति सफल हुन सकिन अर्थात् सात पुस्तासम्मलाइ पुग्ने गरी वैधअवैध तरिकाले सम्पत्ति जाेडन सकिन, कलमकाे बलमा, विचारकाे बलमा याे देश र समाजकाे लागि कतिपय अवस्थामा व्यक्तिगत सुरक्षा तथा पारिवारिक हितलाइ समेत दाउमा राखेर लेखेँ, लेख्दैछु, इन्द्रियहरूले साथ दिँदासम्म यही कर्म गरिरहनेछु ।

*********************************
मेराे किनमेल सकियाे, घर जाने बेला भाे। अभिवादन गरेँ, बिदा मागेँ। हाम्रा आँखा भरिए, उहाँले आशिर्वाद दिनुभाे ।
हाे, म व्यवसायिक जीवनमा त्यति सफल हुन सकिन अर्थात् सात पुस्तासम्मलाइ पुग्ने गरी वैधअवैध तरिकाले सम्पत्ति जाेडन सकिन, कलमकाे बलमा, विचारकाे बलमा याे देश र समाजकाे लागि कतिपय अवस्थामा व्यक्तिगत सुरक्षा तथा पारिवारिक हितलाइ समेत दाउमा राखेर लेखेँ, लेख्दैछु, इन्द्रियहरूले साथ दिँदासम्म यही कर्म गरिरहनेछु ।
मलाइ उहाँकाे आशिर्वाद लागाेस् । मेरा जन्मदाताकाे नाम चम्काउन सकूँ, जन्मभूमिकाे, मातृभूमिकाे, पितृभूमिकाे सेवा गर्न सकूँ । नेपाल मेराे पहिलाे र अन्तिम प्रेम हाे, यसकाे हितरक्षार्थ क्षमताले भ्याएसम्म याेगदान गर्न सकूँ ।
मलाइ उहाँकाे आशिर्वाद लागाेस् ।
देवेन्द्र गाैतम

Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti