हिमाल चिन्तन
राजनीतिका नाममा यस देशमा मंचन भइरहेको अन्तहीन जस्तै लाग्ने कलाविहीन नाटक कति मात्रै हेर्नु ?
सत्ता स्वार्थमा लिप्त भएर यस सुन्दर देशलाई रणभूमि बनाउनका लागि चिरकालसम्म नियन्त्रित अस्थिरता सिर्जना गर्ने देशविरोधी योजना फत्ते गर्न लागिपरेका जननिर्वाचित युद्ध सरदारहरूका अवांछित क्रियाकलापहरू हेरिरहने हो भने अनि संभावित त्रासदीबारे सोचिरहने हो भने मानसिक सन्तुलन नै गुमाउन पनि के बेर ?
अनि जुन भ्रष्टतम शासन प्रणाली अन्तर्गत शासित हुने सौभाग्य हामीले पाएका छौँ, त्यस अन्तर्गत बडेबडे नेता, नोकरशाह, नवधनाढ्य, सत्ता र शक्तिका दलालहरू आदिका लागि त देशभित्रै वा विदेशका सुविधासम्पन्न अस्पतालहरूमा हरेक रोग वा स्वास्थ्य समस्याको लागि अत्याधुनिक उपचार उपलब्ध छ । तर सिद्धान्ततः सार्वभौम नागरिक, व्यवहारमा भने रैतीभन्दा माथि उठन नसकेका हामी अर्थात् बराबिचरा, असंगठित करदाताहरू त सरकारी, गैरसरकारी वा निजी स्वास्थ्य संस्थाहरूको चर्को शुल्क सुन्नेबित्तिकै ठाउँका ठाउँ ठहरै हुने सम्मको डरलाग्दो स्थिति छ ।
यस्तो अवस्थामा व्यक्तिगत स्वास्थ्यको ख्याल त राख्नैप¥यो नि, होइन ?
अनि मानसिक स्वास्थ्यका लागि कला, संगीत, साहित्य भन्दा उत्तम विकल्प के होला त ? यस्तै सोच्दै हुइँकिएँ बबरमहलमा अवस्थित नेपाल कला परिषदतर्फ केहि दिन अघि । कस्तो सुखद संयोग ! त्यहाँ त कला महोत्सव २०२१ — वसन्त श्रृंखला पो चलिरहेको रहेछ ।
परिषदको भूइँतलाको कलाकक्ष (ग्यालरी) मा आँखा डुलाउँदा हिमालै हिमाल देखिए ।
कक्षभरि टहलिँदा हिमाल कतै ठुलाठुला प्रश्नचिन्ह बनेर ठडिएजस्तो लाग्यो अनि हिमालको काखमा जीवनको भारी बोक्दै हिँडिरहेका मानिसहरू परिक्षामा कठिन प्रश्नहरू आएपछि अत्तालिएका विद्यार्थीहरू जस्तो पनि लाग्यो । ती मानिसहरू हिमालजस्तै अजंगका दुःखका पहाडहरू डोकामा खाँदखुँद पारी बोक्दै, चुँडिनै लागेका जीवन–रेखा जस्ता लाग्ने झोलुङ्गे पुल हुँदै आआफ्ना गन्तव्यतर्फ लागिरहेको जस्तो लाग्यो ।
भित्ताभरि हिमाल । भूइँभरि हिमाल । ढोकाको छेवैमा हिमाल । चिरिच्याँट्ट परेका, सफा सुग्घर राखिएका घरहरूको उत्तरपट्टि सजिएका हिमाल, तोरी फुलेका मलिला बारीहरूको पारीपट्टि हिमाल । सफा टेबलमा हिमाल ।
अनि त आँखाभरि, मनभरि, मुटुभरि, आत्माभरि हिमालै हिमाल ।
हिमाल कतै ओजस्वी तपस्वीजस्तो लाग्यो, सृष्टिका सबै प्राणधारीहरूलाई वरदान दिन सदा तत्पर भइबसेको जस्तो । कतै ती हिमाल बहिष्करणमा परेको जस्तो लाग्यो । ती हिमाल देशमा व्याप्त बेथिति, अव्यवस्थाका कारण गास, बास, कपासको खोजीमा विदेशिन बाध्य युवा जस्ता लागे । घर फर्किँदा बाटाभरि सत्ता र शक्तिका भोका राजनीतिक दलालहरूले पग्लिएर ठुला ठुला नदी प्रणालीहरू मा रूपान्तरित ती हिमालहरूलाई कौडीका भाउमा छिमेकीलाई सुम्पी हामीलाई हरितन्नम बनाएको लज्जाजनक इतिहास र वर्तमान संझिइरहेँ । एकै परिवारका तीन भाइ प्रधानमन्त्रीले तीन ठुला नदी प्रणाली प्यारो छिमेकीलाई उपहारमा दिइ देश र जनता विरूद्ध गरेको अक्षम्य अपराध संझेँ । विश्व इतिहासमा यस्तो उदाहरण शायदै पाइएला । जनताले सार्वभौम नागरिक हुनका लागि बगाएको रगत र पसिनाको बलमा संभव भएको हरेक राजनीतिक परिवर्तनपछि प्यारो छिमेकीलाई नदी प्रणालीहरू सुम्पिइएको इतिहास संझेर मन रोइरह्यो । अब त तिनका शाखा प्रशाखाहरू पनि फटाफट उपहारमा दिने प्रचलन आइसक्यो । यसबारे न संसद बोल्छ, न न्यायपालिका नै बोल्छ, न राजनीतिक दलहरू बोल्छन् न त नागरिक समाज नै । कस्तो विडम्बना !हिमाल कतै ओजस्वी तपस्वीजस्तो लाग्यो, सृष्टिका सबै प्राणधारीहरूलाई वरदान दिन सदा तत्पर भइबसेको जस्तो ।
कतै ती हिमाल बहिष्करणमा परेको जस्तो लाग्यो । ती हिमाल देशमा व्याप्त बेथिति, अव्यवस्थाका कारण गास, बास, कपासको खोजीमा विदेशिन बाध्य युवा जस्ता लागे । संझँे, पहाड र हिमालहरू त ऐश्वर्यका स्रोतहरू पो हुन् त । छोटेमोटे हिमाल, पहाड भएका देशहरू जस्तै स्विजरल्यान्ड, इंग्ल्याण्ड, जर्मनी, फ्रान्स, अष्ट्रिया आदि सम्पन्न छन् । संस्कृत साहित्यमा हिमालहरुलाई रत्नहरुको खानी भनिएको छ । चौधवटा ८,००० मिटर भन्दा अग्ला हिमालहरू र अनेकानेक ससाना हिमालहरूले युक्त हाम्रो देश चाहिँ किन दरिद्रनारायण भएको होला ?
अन्त्यमा,
प्रदर्शनीमा राखिएका कलाकार नरबहादुर बिकका हिमालकेन्द्रित कलाकृतिहरू साँच्चै सुन्दर छन् । निर्मल जलका ती भण्डारहरू हेर्दा टियर ड्रप्स लगाएर भिजाउनुपर्ने मेरा आँखा हिमालबाट निसृत शितल जलले भरिएजस्तो पो लाग्यो । लाग्यो मरूभूमिकरण हुँदै गइरहेको मेरो हृदयमा हिमालले पानीको मूल पो फुटाइदियो कि ?
चौधवटा ८,००० मिटर भन्दा अग्ला हिमालहरू र अनेकानेक ससाना हिमालहरूले युक्त हाम्रो देश चाहिँ किन दरिद्रनारायण भएको होला ?
पुनश्चः कलाकारज्यूसँग भेटेर उहाँको कलाकारिताबारे मजासँग गफिने मन थियो, यस पटक त्यो अधुरै रह्यो । दैवसंयोगले कुनै दिन भेट होला नै । त्यतिंजेलसम्म बरू प्रश्नहरूका पोकापुन्तुरा तयार पारेर राख्नुपर्ला ।
ती कलाकृतिहरूले तपाइँहरूका कलाकक्षहरूको शोभा बढाउनेमा कुनै शंका छैन ।
उपत्यकाबासी घरानियाँहरू, धनाढ्यहरू, नवधनाढ्यहरू, कर्पोरेटरहरू, ब्यांकरहरू र अन्य धनकारी–मनकारीहरू, अकूत सम्पतिका धनी नोकरशाहहरू ! हरेक औपचारिक, अनौपचारिक बैठकहरूमा अभिजातवर्गीय धन–महात्म्यको गर्दभ–राग अलाप्न तपाइँहरूले छोडनु पर्दैन । यहाँहरूको धन–महात्म्य जारी रहोस्, हामी बेलाबेलामा जय–जय भन्दै गरौँला, हातभरि फूल लिएर चढाउँदै गरौँला ।
बरू धन–महात्म्य भट्याउँदै गर्दा स्वदेशी कलाकृतिहरूको संग्रह÷संकलनमा पनि थोरै द्रव्य खर्चिने हो कि ? यस्ता कलाकृतिहरूले यहाँहरूका बैठक कक्ष, कलाकक्ष, पुस्तकालयको शोभा अवश्य बढाउने छन् । संसारभर नै धनवानहरूले आफ्नो शहरको, देशको कला, संस्कृति, साहित्य, सभ्यतामा योगदान गरेको पाइन्छ । यहाँहरूले नि त्यसो गरे कसो होला ? घर फर्किँदा बाटाभरि सत्ता र शक्तिका भोका राजनीतिक दलालहरूले पग्लिएर ठुला ठुला नदी प्रणालीहरू मा रूपान्तरित ती हिमालहरूलाई कौडीका भाउमा छिमेकीलाई सुम्पी हामीलाई हरितन्नम बनाएको लज्जाजनक इतिहास र वर्तमान संझिइरहेँ । एकै परिवारका तीन भाइ प्रधानमन्त्रीले तीन ठुला नदी प्रणाली प्यारो छिमेकीलाई उपहारमा दिइ देश र जनता विरूद्ध गरेको अक्षम्य अपराध संझेँ ।
- देवेन्द्र गौतम
Comments
Post a Comment