Posts

Showing posts from July, 2021

देश खाने कथा - भाग १

Image
१ यति मीठो संगीत त नानाथरी विदेशी मुद्रा हरूको खन खन नै हुनुपर्छ साला पहाड में क्या है ? पूर्वसरकारवालाहरूलाई लाग्यो: पहाड हरू प्रभुलाई अर्पेर उऋण हुने, केहि बचत भएछ भने चुनावलाई भरथेग हुन्छ । तिर्न त खोज्नुभएकै हो नि उहाँहरूले । महाकाली, माथिल्लो कर्णाली, अरू ण तेस्रो , तल्लो अरू ण जस्ता जीवनदायिनी नदीहरू सार्वभौम संसदलाई छलेर दान दिनुभएकै थियो । तर त्यतिले पुगेन भन्ने खबर आयो पारि बाट शायद । अनि चढाउनुपरेन त अविकासका प्रतीक, यथास्थितिका प्रतीक, प्रतिगमनका प्रतीक दम्भी पहाडहरूलाई प्रभुका चरणकमलमा ? यसो गर्दा पहाडहरू विकासको क्रममा हुने विनाशलीलाबाट जोगिएका छन् । हाम्रोमा भने यात्राका क्रममा यौटै पहाडको कैयौँ पटक 'कैलाश प्रदक्षिणा' गर्नुपर्ने बाध्यता छँदैछ । रूखबाटै रूखको शत्रु ऐजेरू उत्पन्न हुन्छ भने पहाडको छा तिबाटै पहाडविरोधी शक्ति जन्मिनु कुन आश्चर्य भो र ? जिउँदाजाग्दा उदाहरण त हाम्रा नानाथरी नेताहरू  नै छन्  । यस पहाडविरोधी भावनाको जड हो: पहाडहरूले नेपालको विकासमा बाधा पुर्याएका छन् भन्ने गलत धारणा । हाम्रा विकाससम्बन्धी धारणाहरू असाध्यै त्रुटिपूर्ण...

कर्कलाको पातमा अडिएको जीवन

Image
आज कर्कलाको पातमा बडो असजिलो गरी अडिएका पानीका थोपहरूबारे थोरै लेख्दैछु | के  तपाईं का पाइलाहरूले कहिल्यै झमझम पानी परेको रातपछिको ओसिलो बिहान निथ्रुक्कै भिजेको जमीन टेकेका छन् ? आँखाहरूले बादल निख्रिएर धर्ति भिज्दा कर्कलाको पातहरूमा कसै गरी अडिन सकेका पानीका थोपाहरू भेटेका छन् ? के ती पातहरूमा अडिएका मोतीका दानाजस्ता पानीका थोपाहरूले तपाईंको मन-मुटु झंकृत भएको छ ? के  तपाईं हरूलाई व्यर्थ लाग्ने यस्ता दृश्यहरूमा भुलेर समय खेर फाल्ने फुर्सद छ ? छैन कि ? तपाईंहरूलाई फुर्सद होला नहोला, मलाइ भने छ |  'देश बनाउने' किसिमका ठुलाठुला ठेक्का, किरोड़ीमलहरूले गर्ने किसिमको व्यापार-व्यवसाय, वृत्तिविकासको मुसेदौड वा राजनीतिको छिनाझपटीबाट धेरै टाढा रहेकाहरूलाई यस्तै दृश्यहरू मोहक लाग्छन् शायद | त्यसैले त म घरको छतमा राखिएका क्यरीहरूमा हुर्कँदै गरेका कर्कलाका पातहरूमा अडिएका पानीका थोपाहरूमा अप्रतीम सौन्दर्य देख्छु | के मानिसले यसभन्दा सुन्दर कलाकृति रचना गर्न सक्छ ? यहाँहरूमध्ये कतिपयलाई सौन्दर्यका छटाहरू हेर्न प्यारिस, लण्डन, ब्यांकक, रोम, मनाली वा अमेज़नको जंगलनै पुग्नुपर्छ कि ? पक्तिक...