बेबी बम्प, प्रतिक्रियात्मक मानसिकता र देउवा सरकारका चुनौतीहरू

एक नेपाली चलचित्रकर्मीको baby bump को सार्वजनिकजस्तो लाग्ने अनावरणपछि नेपालको सामाजिक मिडिया असाध्यै तात्यो । उनै चलचित्रकर्मीका अन्य पोस्टहरू यसअघि पनि viral भएका थिए, भविष्यमा पनि होलान् ।

चलचित्रकर्मी, खेलाडी, गायक लगायतका सार्वजनिक व्यक्तित्वहरूको जीवन सामान्यजनको भन्दा अलि फरक हुन्छ, हुनुपर्ने रहेछ | एउटा ठुलै जनसंख्या हुन्छ जसले उनीहरूलाई आफ्नो आदर्श ठान्छ | त्यस जनसंख्याको आफूप्रतिको आकर्षण कायम राखिराख्नु कम्ती चुनौतिपूर्ण हुँदैन होला । 

यो आकर्षण किन कायम राखिराख्नु पर्छ र ? अरू कसैलाई हानि नहुने हदसम्म मेरो जीवनमा म जे गरूँ, कसैलाई छु मतलब ? अरू कसैलाई हानि नहुने हदसम्म मेरो जीवनमा म जे गरूँ, कसैलाई छु मतलब ?

सेलेब्रिटीहरूको जीवन हाम्रोजस्तो श्यामस्वेत (black and white) हुँदैन, उनीहरूको जीवनमा रंगरूको मात्र अलि ज्यादा नै हुन्छ | त्यो चकाचौंधपूर्ण जीवनका कारण पनि हामीजस्ता सर्वसाधारण मानिसहरू उनीहरूप्रति आकर्षित हुन्छौं, कतिपयले त देवीदेवता ठानेर पूजा पनि गर्छौं कि ? 

लोकप्रियताको शिखरमा रहेका बेला भारतीय सुपरस्टार राजेश खन्नाको कार गुडने बाटोको धुलोले कयौँ युवतीहरूले आफ्नो सिउँदो सजाउँथे रे । देव आनन्द कालो कोट लगाएर निस्कँदा युवतीहरू उनलाई भेट्न पाइन्छ कि भनेर छतबाट हाम्फाल्न खोज्ने हुँदा उनलाई कालो कोट लगाउन प्रतिबन्ध थियो रे  । 

दक्षिण भारतमा त श्रीदेवीलाई देवीका रूपमा पुजिन्थ्यो रे  । अहिले अभिनेता सोनु सुदको मन्दिर बनाएर पूजा गरिएका समाचारहरू आइरहेकै छन्  ।

सन् १९६० को दशकमा सांगीतिक समूह The Beatles लोकप्रियताको शिखरमा थियो । १९६६ मा जन लेननले अन्तर्वार्ताका क्रममा यसो पनि भने (link तल दिएको छु): We are more popular than Jesus Christ now. 

अर्थात् अहिले हामी जिजस क्राइष्टभन्दा बढी लोकप्रिय छौँ  । त्यसै वर्ष The Beatles संयुक्त राज्य अमेरिकाको सांगीतिक यात्रामा निस्क्यो अनि त्यहि बेला परेर एक अमेरिकी पत्रिकाले लेननको अन्तर्वार्ताको अंश प्रकाशित गरिदियो ।  लगत्तै संयुक्त राज्य अमेरिकाका साथै स्पेन, मेक्सिको र दक्षिण अफ्रिकामा पनि The Beatles विरोधी प्रदर्शनहरू भए,  भ्याटिकनले उक्त अभिव्यक्तिको निन्दा गर्यो । अन्तत: लेननले सार्वजनिक रूपमै क्षमा मागेपछि आक्रोश साम्य त भयो तर यस घटनाले उक्त सांगीतिक समूहको लोकप्रियता खस्क्यो । 

सिर्जनात्मक, व्यवसायिक र  व्यक्तिगत मतभेदहरूका कारण The Beatles १९७० तिर छिन्नभिन्न भयो, समूहका सदस्यहरू आआफ्नो सांगीतिक यात्रामा लागिरहे  ।  डिसेम्बर ८, १९८० मा  २५ वर्षीय प्रशंसक (fan) मार्क डेविड च्याप्मनले न्यूयोर्कमा लेननलाई गोली हानी मारे । यस सम्बन्धमा अहिलेलाई यति नै  । 

फेरि सबै सेलेब्रिटीहरूलाई सधैँभरि चर्चाको चाहना हुन्छ नै भन्ने पनि छैन । कति सेलेब्रिटीहरू आफ्नो व्यक्तिगत जीवनको चियोचर्चा नहोस् भनेर newshounds (समाचारका भोका पत्रकारहरू, फोटोग्राफरहरू), paparazzi हरूबाट भागिरहेका हुन्छन् ।  प्यारिस (August 30, 1997 ) मा आफ्नो प्रेमी दोदी अल फयदसँग रहेको बेला यसैगरी paparazzi हरूबाट भाग्ने क्रममा राजकुमारी डायना र फयदको कर दुर्घटनामा परी मृत्यु भएको मानिन्छ । षडयन्त्रका सिद्धान्तहरूबारे यहाँ चर्चा नगरौं ।

तर धेरै सेलेब्रिटीहरूलाई तपस्वीको जस्तो वा आमनागरिकको जस्तो होइन चकाचौंधको संसार आवश्यक हुन्छ । उनीहरूका तस्वीरहरू, विडियोहरू, समाचारहरू जति धेरैले हेर्छन्, पढ़छन्, उनीहरूबारे जति चर्चा हुन्छ अनि fan following जति ठुलो हुन्छ त्यसैका आधारमा त हो उनीहरूले विज्ञापनमा खेल्न पाउने, चलचित्रमा अभिनय गर्न पाउने, मोडलिङ गर्न पाउने । यी सबै अवसर प्राप्त भएन भने उनीहरूलाई आफ्नो उच्च जीवनस्तर (high life) कायम गर्न संभव हुँदैन । अनि गर्ने के ?

सेलेब्रिटीहरूले हाम्रा परम्परागत संस्कृति, परम्परा, सभ्यताअनुरूप व्यवहार गरिदिए त अति राम्रो । तर उनीहरूको व्यक्तिगत जीवन पनि छ, व्यक्तिगत छनोट पनि छ जुन हाम्रो जीवनसँग मिल्दैन भन्ने पनि नबिर्सौं । यस 'वैश्ययुग'मा परम्परागत जीवनपद्धति अनुसार चलेर मात्रै उच्चस्तरको जीवन बाँच्न नसकिने हुनाले नै पनि होला हाम्रा धेरै सेलेब्रिटीहरूले पश्चिमा संस्कृति, चालचलन, बोलीचाली - टुटेफुटेकै भए पनि - अँगालेको पाइन्छ । 

हाम्रा सेलेब्रिटीहरूले कतिपय नेपालीका लागि disposable जस्तो लाग्ने जीवन जिउनका लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्न पनि विज्ञापन, मोडलिङ गर्ने पर्ने हुन्छ होला । यस्तो जीवन मध्यम वा निम्नमध्यम वर्गका नेपालीहरूले जिउने जीवन त होइन तर त्यसो भन्दैमा आधा पेट खाएर, झुत्राझाम्रा लुगाहरू -- बजारमा महंगोमा बिक्ने थोरै च्यातिएका प्यान्ट जस्ता फ्याशनेबल लुगाहरू होइन -- लगाएर हिंडनु पनि त भएन नि त्यस्तो जग्मगाउँदो संसारका बासिन्दाहरूले, होइन र ?

सामाजिक संजालहरूले हाम्रो जीवनका हरेक पक्ष छुँदै गर्दा सेलेब्रिटीहरूको जीवनशैलीको पनि आलोचना गर्ने क्रम बढ्दै गएको छ । इर्ष्यावश पनि यस्तो भएको हुनसक्छ, साँस्कृतिक अतिक्रमणको विरोधमा पनि यस्तो भएको हुनसक्छ,  कतिपय अवस्थामा सचेत नागरिकहरूबाट स्वस्थ आलोचना भएको पनि हुनसक्छ । धेरै नेपालीलाई के खाउँ, के लाउँ भइरहेको कोरोनावाइरसग्रस्त यस समयमा ब्राण्डविशेषको प्रवर्द्धन गरेर, शारीरिक तन्दुरूस्ती प्रदर्शन गरेर उच्चस्तरको जीवन -- high life -- जिउनेहरूविरुद्ध सामुहिक/व्यक्तिगत रूपमा रोष, आक्रोश प्रकट भएको पनि हुनसक्छ । 

सेलेब्रिटी संस्कृतिले विपरीत संस्कृतिलाई पनि प्रवर्द्धन गर्न मद्दत गरिरेको हुनसक्छ सामाजिक 'जन्जाल'को यस समयमा । यसले हाम्रो मौलिक भाषा, संस्कृत, परम्परालाई पुनर्जीवन दिन सहयोग गर्यो भने राम्रै हुन्छ । यहाँनिर अमेरिकी जीवनपद्धति, जीवनमूल्य पद्धति  -- American way of life, Americanism -- विरूद्ध anti-Americanism को उद्भव भएको तथ्यलाई बिर्सनुहुँदैन ।

धेरै reactive भएर तत्कालीन २/३ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री के पी शर्मा ओलीले राजनेताको रूपमा आफूलाई स्थापित गरेर इतिहास बनाउने एउटा राम्रो अवसर गुमाए । देश महामारीग्रस्त भएको बेला उनको सरकारको below-par performance को इतिहासले निर्मम मूल्यांकन गर्नेछ
तर सेलेब्रिटीहरूले व्यापारिक उत्पादनहरूको प्रचारप्रसार गर्छन् भन्दैमा उनीहरूलाई पनि हामीले कुनै product जस्तो पो ठान्न थालेको हो कि ? स्वस्थ आलोचना स्वीकार्य हुन्छ तर खासगरी सामाजिक संजालमा troll गरिरहने, व्यक्तिगत स्वतन्त्रताको सीमा नाघेर आलोचना, खिसिट्युरी गरिरहँदा उनीहरू विषादग्रस्त हुने, आत्महत्याजन्य प्रवृत्ति देखिने जस्ता हानिकारक असरहरू देखापरे को जिम्मेवार हुने ?

मुख्य चासो र चिन्ताको विषय के भने एक किसिमको सेलेब्रिटी संस्कृतिले आमनागरिकलाई मात्र होइन हाम्रा नेताहरूलाई पनि गाँज्न थालेको छ । निवर्तमान प्रधानमन्त्री के पी शर्मा ओली कुनै बेला ट्विटरमा निवर्तमान अमेरिकी राष्ट्रपति डनल्ड ट्रंप भन्दा कम प्रतिक्रियात्मक -- reactive -- देखिएनन् । आफूप्रति लक्षित हरेक जसो प्रतिक्रिया -- छुद्र प्रकृतिका पनि -- को उत्तर दिन देशको सर्वोच्च जननिर्वाचित शासकसँग, त्यो पनि महामारीको समयमा, प्रशस्त समय रहेको अति तितो अनुभव गरे आमनागरिकले । प्रधानमन्त्री ओलीले आफैले भनेको 'नाफाको जीवन' को ज्यादै महत्वपूर्ण अंश खेर फाल्नुहुँदैनथ्यो त्यो पनि देश महामारीग्रस्त भएको समयमा । धेरै reactive भएर तत्कालीन २/३ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री के पी शर्मा ओलीले राजनेताको रूपमा आफूलाई स्थापित गरेर इतिहास बनाउने एउटा राम्रो अवसर गुमाए ।  देश महामारीग्रस्त भएको बेला ओली सरकारको below-par performance को इतिहासले निर्मम मूल्यांकन गर्नेछ । 

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी पनि सामाजिक संजालमा ज्यादै सक्रिय छन् । तर सामाजिक संजालकेन्द्रित सक्रियता, followers को संख्याका आधारमा मात्रै निर्वाचनमा विजयी भइन्न रहेछ ।

सय दिने मधुचन्द्रका फोस्रा कुरा छाडिदिउँ, शेर बहादुर देउवा सरकारको अग्निपरीक्षा शुरू भइसकेको छ महाकाली तुइन प्रकरणबाट

राजनीति फोहरी खेल हो भने नेताहरूले फोहर सफा गर्ने हो, eco-chamber मा, भजनमण्डलीहरूको माझमा रमाउने होइन । भजनमण्डलीहरूलाई पनि हेक्का रहोस्: जीवनको सन्ध्याकालमा हो भजन गाउने, त्यो पनि परमात्माको ।

सय दिने मधुचन्द्रका फोस्रा कुरा छाडिदिउँ, शेर बहादुर देउवा सरकारको अग्निपरीक्षा शुरू भइसकेको छ महाकाली तुइन प्रकरणबाट । यसै पनि वर्तमान प्रमले यस्ता धेरै मधुचन्द्रहरू बडो मजाले मनाइसकेकै छन् पटकपटक सरकारको नेतृत्व गर्दा, इतिहासमा सुनाम राख्ने आफ्नो यो करिबकरिब अन्तिम अवसर गुमाए भने देश र देशवासीले माफ गर्लान् र देउवालाई ? 

अहिले महाकाली तुइन प्रकरणमा देउवा सरकारको आलोचना भइरहेको छ । प्रत्यक्ष्यदर्शीहरूले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा दार्चुलाको मालघाटबाट महाकाली तर्ने क्रममा जयसिंह धामी महाकालीमा खसी बेपत्ता भएका हुन भनिसकेका छन्, सरकार छानबिन चलिरहेको छ भन्दै आमनागरिकलाई चूप लाग्न भानिरहेको छ गोविन्द गौतम हत्या प्रकरणमा जस्तै । भारतीय ज्यादति नौलो होइन, सिमांचलमा यस्ता ज्यादति हरेक दिन जसो घटित भइरहन्छन् ।

अमेरिका र चिन MCC र BRI का लागि लडिरहँदा फेरि एकपटक भारतले नै नेपालको धमिलिएको पानीमा ठुलै माछा मार्यो भने आश्चर्य नमाने हुन्छ

देउवा सरकारका लागि तुइन् प्रकरणभन्दा अझ गम्भीर litmus test Millennium Challenge Corporation Compact (MCC )  हुने देखिन्छ | सरकार न संयुक्त राज्य अमेरिकालाई चिढाउन सक्छ न चिनलाई नै ।

अमेरिका र चिन MCC र Belt and Road Initiative का लागि लडिरहँडा फेरि एकपटक भारतले नै नेपालको धमिलिएको पानीमा ठुलै माछा मार्यो भने आश्चर्य नमाने हुन्छ ।

जसरी पनि घाटा नेपाललाई नै हुने हो । त्यसो त यो देशमा अब्बल विज्ञहरूको कमी छैन, उहाँहरूले नदेखेको, नजानेको, नबुझेको विषय त के नै होला र ?

  - देवेन्द्र गौतम

References: 

https://ultimateclassicrock.com/john-lennon-apologizes/ 

https://www.history.com/this-day-in-history/paul-mccartney-announces-the-breakup-of-the-beatles

https://www.scotsman.com/news/people/mark-chapman-why-did-he-kill-beatles-star-john-lennon-who-his-wife-and-he-still-jail-now-3061226

Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti