Posts

Showing posts from November, 2021

हो, म फगत बाँचिरहनका लागि लेख्छु

देवेन्द्र गौतम तपाइँ किन लेख्नुहुन्छ? अध्ययन, चिन्तनमनन र लेखन नै वृत्ति भएकाहरूलाई लाग्दो होः कस्तो वाहियात प्रश्न सोधेको? यो त कोइलीलाई तिमी किन गीत गाउँछौ भनेर सोधेजस्तो भएन र? अझ हाम्रा नेताहरूलाई तपाइँ किन राजनीति गर्नुुहुन्छ भनी सोधेजस्तो भएन र भन्या ? फोहरी खेलमा रमाउनेहरूलाई स्वच्छता कहाँ मन पर्छ र? लेखको आरंभमा उठाएको प्रश्नमै फर्किन्छु है त।  उल्लिखित प्रश्न नेपाली मासिक, पाक्षिक, दैनिक, चौमासिक, अर्धवार्षिक, वार्षिक साहित्यिक-गैरसाहित्यिक-आर्थिक÷पारमार्थिक-आध्यात्मिक पत्रपत्रिकाका सुनौला पानाहरूलाई सम्पादक-प्रकाशकहरूको असीम अनुकम्पाले अझ चम्काउँदै र सुवासित बनाउँदै आउनुभएका, यस सानो देशको ठुलो विचार उद्योगमा गुरूगंभीर विचारहरू प्रवाह गरी निरन्तर प्राण फुकिरहनुभएका औँलामा गन्न सकिने यस संकटापन्न युगका तारणहारहरू अर्थात् प्रकाशकका आँखामा जँचेका उत्कृष्ट विचारक-चिन्तक-लेखक-दार्शनिकगणलाई सोध्ने हो भने शायद यस्ता किसिमका उत्तर आउलान्ः  म नेपाली साहित्यको श्रीवृद्धिका लागि लेख्छु । म देश र जनताको संकटमोचनका लागि लेख्छु । म यस देशको विचार उद्योगको संरक्षण र संवद्र्धनार्थ ल...

हाम्रा सपनाहरूको मृत्यु (updated)

- देवेन्द्र गौतम मेरा सपनाहरू पुरा नहुँदा मलाइ ज्यादै ननिको लाग्छ, निराशा जाग्छ। टेक्ने जमीन भासिएजस्तो, समाउने हाँगो भाँचिएजस्तो लाग्छ।   पाठकहरू, तपाइँहरूलाई पनि त्यस्तै त्यस्तै त हुँदो हो नि, होइन?  हो, मेरा केहि थान सपना पुरा नहुनुमा मुख्यत: मेरै दोष हुन सक्ला। मैले ती सपनाहरू पुरा गर्न आवश्यक परिश्रम नगरेर सपना देख्नमा मात्रै व्यस्त भएँ कि? अर्थाभावका कारण मलजल गरेर हुर्काउन नसकेकाले मेरा सपनाहरू टाक्सिए कि?  यसै गरी तपाइँहरूका पनि बग्रेल्ती सपनाहरू पुरा नभएका होलान्। तपाइँहरूका आफ्ना बाध्यताहरू तगारो बनेर बाटोमा तेर्सिए कि? काबुबाहिरको परिस्थतिका कारण ती सपनाहरू शहिद पो भए कि? यस्तै यस्तै कारणहरूले तपाइँहरूका कतिपय सपनाहरू मास छर्न गए होलान् भनूँ।   जति नै दु:ख लागे पनि तपाइँ-हाम्रा केहि थान सपनाहरू अधुरै रहँदैमा राष्ट्रिय संकट आइहाल्दैन। तर पुस्तादरपुस्ताका सपनाहरू -- नेपाली सपनाहरू भनूँ -- भकाभक मर्दै गए भने त्यो चाहिँ गंभीर राष्ट्रिय संकटको द्योतक हो। कम्तिमा पनि विक्रम संवत २००७ देखि पुस्तादरपुस्ताका नेपालीहरूले देखेको/भोगेको/पढेको/सुनेको आधारमा भ...

Free as a bird

The quail farm is a stone's throw from our house compound located in a peri-urban area.  For now, let's not talk about whether our competent and responsible authorities should allow the establishment of poultry farms and aviaries at dense settlements, in view of repeated outbreaks of bird flu in the Kathmandu Valley. Talking about cruelty against captive animals and birds will also be an exercise in futility, most probably, because there are more pressing matters demanding the attention of authorities. Equally futile will be any effort to convince the owners of such farms and these competent authorities to invest more on the welfare of captive birds and animals. Advising owners of such farms to switch to, say, herb/vegetable farming may not yield desired results. And don't even dare to explain Einsteinian pain waves to these parties if you have not ‘lost your mind’.  Nonetheless, let's hope and pray that it won't take another bird flu outbreak for our 'com...

Stream of consciousness: आमा, म र माउन्टेन माफिया

नेपालमा सक्रिय देशी - विदेशी ,  बहुरूपिया   माउन्टेन माफियाबारे मैले थोरै   लेखेको छु । यो   माफिया विकट नेपालका कुनाकन्दरादेखि शहरबजारसम्म , हिमालदेखि पहाड र तराइसम्म फैलिएको सजग पाठकहरूलाई अझसम्म   थाहा भइसकेको छैन भने त्यो प्रत्येक वर्ष आयोजना हुने कन्फ्रेंस अभ पार्टिज र अन्य जलवायु परिवर्तन मेलाहरूमा   कार्बन फूटप्रिन्टको कुनै पर्वाह नगरी वायुयान र अन्य परिवहनको प्रयोग गरी जीवाष्म इन्धनको धुवाँ उडाउँदै   सहभागी हुन   जाने ,  धुवाँदार भाषण छाँटेर कहिल्यै नथाक्ने   तर प्रकृति संरक्षणको क्षेत्रमा सिन्को नभाँच्ने   बडेबडे नेतागण , वातावरणवादी ,  वातावरणविद , जलवायु परामर्शदाता र उच्चपदस्थ सरकारी अधिकारीहरूको मात्र होइन , पंक्तिकारजस्तो यस महानगरको महान युगमा जसोतसो गुजारा गरिरहेको   ससानो कलमजिवीको पनि ज्यादै ठुलो असफलता हो ।   माउन्टेन   माफियाबारे  पाठकहरूलाई   थाहा   छैन   भने   त्यो   जलवायु   परिवर...