अकिञ्चनहरूलाई नि:शुल्क सुझाव (updated)
आफ्नो गाउँटोलको रक्षे आफै गर्नुस् है - देवेन्द्र गौतम तपाइँ/हाम्रो गाउँ , टोलमा चोरीडकैतीका घटनाहरू भइरहन्छन्। कहिले टेलिफोनको तार चोरी हुन्छ , कहिले बाइक , साइकल चोरी हुन्छ , कहिले खानेपानीको मिटर , कहिले ढलको ढक्कन , कहिले मन्दिरको घण्ट त कहिले जुत्ताचप्पल समेत चोरी हुन्छ। हाम्रो टोलमा एकपटक कसैले ढलको ढक्कन उडाइदिएछ। रातको समय कार्यालयबाट फर्किँदै थियो अकिञ्चन , अलिकतिले ढलभित्र खसेन। सम्झिल्याउँदा गल्तीले मिस्टेक भा भे त बिजोग हुने रैछ जस्तो लाग्छ। त्यस कालमा कुलमान दाजु अहिलेजस्तो नियमित झुल्किनुहुन्नथ्यो नि त! त्यसैले पनि चोरहरूको बिगबिगी थियो, राति हिँड्न पर्दा पाइलापाइलामा यस्ता धरापहरू मुख बाएर बसिरहेका हुन्थे। त्यतिखेर कुलमान दाजु अहिलेजस्तो नियमित झुल्किनुहुन्नथ्यो नि त! त्यसैले पनि चोरहरूको बिगबिगी थियो, राति हिँड्न पर्दा पाइलापाइलामा यस्ता धरापहरू मुख बाएर बसिरहेका हुन्थे। अन्धयुग नै थियो त्यो। फलामले बनेको ढक्कन कवाडीले राम्रै मोलमा किन्दो हो , यता चोरीको आइडिया निकाल्नेलाई पनि डोज चाहिएको हुँदो हो। डोज भन्नाले जा...