Posts

Showing posts from September, 2023

इन्द्रको जात्रा, गहिरो निद्रामा नेपाली लोक

देवेन्द्र गौतम   काठमाण्डुमा   प्रचलित एक लोककथाबाट विषय प्रवेश गरूँ । कुरा परापूर्वकालको हो , जुनबेला देवराज इन्द्रको जगजगी थियो लोकमा।     स्वर्गका राजाको विलासी जीवन , तिनको पराक्रम , तामसी चरित्र , सुरा - सुन्दरीप्रियताको विशद वर्णन प्राचीन साहित्यहरूमा छँदैछ , त्यसको थप चर्चा यस आलेखको विषय होइन।   इन्द्रकी आमा वसुन्धरालाई पारिजात असाध्यै मन पर्ने अनि त्यो मनोहारी फूल पाइँदो रहेछ काठमाण्डुमा ।   एक दिन ‘ लाइक ए बुल इन ए चाइना सप ’ जस्तो लाग्ने घटना घटित भयो भूलोकको यस सुन्दर शहरमा ।       आमाको मनसुवा पूर्ण गर्न इन्द्र कुनै दिन काठमाण्डुमा   अवतरण गर्दा भए ऐरावत हात्तीमा चढेर।   अनि दायाँबायाँ नसोची , कसैलाई नसोधी कुनै किसानको बगैँचामा ढकमक्क फुलेको पारिजात टिप्न थाले देवराज। म स्वर्गको राजा हुँ मलाइ कसैले छुन सक्तैन भन्ने दर्प रहेछ क्यारे उनीमा। तर त्यो घमण्ड धेरै काल टिकेन। पुर ( नगर ) वासीहरूले उक्त चौरकर्म देखे र दोषीलाई तत्काल बन्दी बनाए।   सिसिटिवी थिएन त्यतिबेला तर पनि राजा , रैती सबै आआफ्ना धर्ममा बस...

विकास बहस जारी रहोस्, आइ एम एन्जोइंग इट थोरोली

देवेन्द्र गौतम नेपाल किन बनेन भन्ने सम्बन्धमा बडेबडे नीतिनिर्माताहरूका, नेताहरूका, ‘राष्ट्रसेवक’हरूका धीरगंभीर विचारहरूको विद्युतीय, छापा, अनलाइन संचारमाध्यमहरूबाट ‘सेवन’ गर्न पाइएकै छ। तर अजीर्णे भोजनं विषम् अर्थात् अपच भएको बेला खाना खानु विषसमान हुन्छ भनेजस्तै अकिंचनजस्ता ठिकैठिकै बौद्धिक क्षमता भएका, लाभको पदमा नरहेकाहरूले यस्ता गरिष्ट विचारहरू अनियन्त्रित रूपमा सेवन गर्दा अपच भइ स्वास्थ्यमै तलमाथि पर्न जान सक्ने, त्यसो भइहालेको खण्डमा राज्यले आफ्नै खर्चमा विदेश लगी उपचार गरिदिने संभावनाका त कुरै छाडौँ, स्वदेशमै समेत नि:शुल्क उपचार गरिदिने संभावना नभएको अनि कर तिर्नु एकमात्र दायित्व भएको वर्गको व्यक्ति हुँदा त्यस्ता सुविचारहरू सेवन गर्न जति लालायित भए पनि मनै मारेर ‘मुख बार्नु’ पर्ने अवस्था छ।  तर ‘समाजवाद-उन्मुख’ भएकोले होला, यस देशमा हावा, घाम सेवन गरेको अनि जीवनका सबै बाटाहरू बन्द भएको जस्तो लाग्दा राति आफ्नो घरको छतबाट, सडकको मोडबाट, पहाडको टाकुराबाट, अघोरी हुनुहुन्छ भने मसानघाटबाट वा जमीनका अन्य कुनै चौटाबाट आकाश, जुनतारा, ग्रह-नक्षत्रादि हेरेको, आँखा टट्टाउने गरी क्षितिज ...