अझै पनि यिनै पंगुहरूबाटै शासित हुने कि केहि गर्ने ?
आज नेपाल र नेपालीलाई सधैँ दुखिरहने अनि कहिल्यै निको नहुने जस्तो लाग्ने एउटा घाउको चर्चा गर्नेछु । प्रथमत: निश्चित प्रकृतिका केहि घटनाहरू पुन:स्मरण गरौँ । जेठ ११, २०६७: धनपालथान गाउँपालिका-२, मोरङका ५५ वर्षीय नेपाली नागरिक वासुदेव साहलाई भारतीय सीमा सशस्त्र बल ( एसएसबी) का निरीक्षक हितेंद्र सिंहले दशगजामा गोली हानी मारेको । खानेतेल व्यवसायी र सिंहबिचको झगडा भइरहेको बेला छुट्याउन गएको बेला उनलाई बायाँ छातिमुनि गोली लागेको, उपचारका क्रममा कोशी अंचल अस्पतालमा मृत्यु भएको । राष्ट्रिय मानवाधिकार आयोगको छानबिनले पनि भारतीय सुरक्षाकर्मी सिंहले नेपाली नागरिकको हत्या गरेको निष्कर्ष निकालेको । मंसिर ९, २०७२: एसएसबीले बिहान ६ बजे नेपालको हरिपुर, सुनसरी जिल्लामा प्रवेश गरी गोली चलाउँदा ४ नेपाली नागरिक -- हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव -- घाइते भएका थिए । मंसिर १३, २०७२: एसएसबीका १३ हतियारधारी जवान झापा जिल्लाको केचनामा प्रवेश गरेका । स्थानीयले घेरा हालेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको, ७ ...