बाँच र बाँच्न देऊ
चिनियाहरू पहेँलो रङ्गलाई सबैभन्दा इज्जतिलो र सुन्दर रङ्ग मान्छन् . उनीहरूका आँखामा यो पृथ्वी नै पहेँलो रङ्गको छ . पहेँलो रङ्ग पोतिएका तिनका मन्दिरहरू पहेँलपुर छन् , बौद्ध भिक्षुले लगाउने चिबर पहेंलो रङ्गको छ . चिनिया सभ्यताको उद्गमबिन्दु मानिएको येल्लो रिभर अर्थात् पीत नदी साक्षी छ चिनिया जीवनमा पहेँलो रङ्गको महत्वको . चीनका पाँच प्रमुख सम्राटहरूको साझा रङ्ग पहेँलो हो . त्यसो त बौद्ध भिक्षुहरूका लागि पहेँलो रङ्ग शोकको रङ्ग पनि हो . चिनियाहरूका लागि पहेँलो रङ्ग सौर्य , वीरताको प्रतीक हो, पश्चिमाहरूका लागि भने पहेँलो कायरताको प्रतीक हो . प्रतीकहरूले संसारभरी समानार्थी हुनुपर्छ भन्ने पनि त छैन नि, होइन र ? येलो आउटसाइड, व्हाइट इन्साइड अर्थात् बाहिर पहेँलो, भित्र सेतो . मूलत: चिनभूमिसँग बढी जोडिएका, माटोसँग बढी जोडिएका चिनियाहरू जरो चिनिया नै भएका तर विदेशी भेषभूषा, रहनसहन , जीवनपद्धति अँगालेका, विदेशमा बस्ने चिनियाहरूलाई बनाना अर्थात् केरा भन्छन् . पाठकहरूलाई लाग्यो होला: समग्र देश – सदनदेखि सडकसम्म, दरबारदेखि घरबारसम्म – देश मलेनियम कम्प्याक्ट च्यालेंज - एमसिसी _do eO...