Posts

अकिञ्चनहरूलाई नि:शुल्क सुझाव (updated)

आफ्नो गाउँटोलको रक्षे आफै गर्नुस् है - देवेन्द्र गौतम   तपाइँ/हाम्रो गाउँ , टोलमा चोरीडकैतीका घटनाहरू भइरहन्छन्। कहिले टेलिफोनको तार चोरी हुन्छ , कहिले बाइक , साइकल चोरी हुन्छ , कहिले खानेपानीको मिटर , कहिले ढलको ढक्कन , कहिले मन्दिरको घण्ट त कहिले जुत्ताचप्पल समेत चोरी हुन्छ।   हाम्रो टोलमा एकपटक कसैले ढलको ढक्कन उडाइदिएछ। रातको समय कार्यालयबाट फर्किँदै थियो अकिञ्चन , अलिकतिले ढलभित्र खसेन। सम्झिल्याउँदा गल्तीले मिस्टेक भा भे त बिजोग हुने रैछ जस्तो लाग्छ। त्यस कालमा कुलमान दाजु अहिलेजस्तो नियमित झुल्किनुहुन्नथ्यो नि त! त्यसैले पनि चोरहरूको बिगबिगी थियो, राति हिँड्न पर्दा पाइलापाइलामा यस्ता धरापहरू मुख बाएर बसिरहेका हुन्थे।      त्यतिखेर कुलमान दाजु अहिलेजस्तो नियमित झुल्किनुहुन्नथ्यो नि त! त्यसैले पनि चोरहरूको बिगबिगी थियो, राति हिँड्न पर्दा पाइलापाइलामा यस्ता धरापहरू मुख बाएर बसिरहेका हुन्थे। अन्धयुग नै थियो त्यो।       फलामले बनेको ढक्कन कवाडीले राम्रै मोलमा किन्दो हो , यता चोरीको आइडिया निकाल्नेलाई पनि डोज चाहिएको हुँदो हो। डोज भन्नाले जा...

आश गर्नुस्, भर चाहिँ नपर्नुस् है

आरम्भमा केहि तथ्यांकहरू प्रस्तुत गरूँ: चैत्र ९, २०७८: चन्द्रागिरी हिल्स रिसोर्टमा प्रधानमन्त्री शेर बहादुर देउवाको भव्य आगमन भयो। प्रधानमन्त्रीको आगमन धमाकेदार भएन भने नेपालको शान, मान कसरी रहन्छ र भन्ने सोचियो होला। त्यसैले प्रधानमन्त्री देउवालाई नेपाली सेनाको हेलिकप्टरमा सवार गराइ रिसोर्ट प्राङ्गणमा सकुशल अवतरण गराइयो, उखर्माउलो गर्मीमा समेत शितलता दिने पहाडमा न्यानो स्वागत गरियो। उक्त रिसोर्टमा दिगो पर्वतीय विकासको अन्तराष्ट्रिय वर्षको छेक पारेर एउटा महत्वपूर्ण सम्मेलन भइरहेको थियो। त्यस सम्मेलनमा सहभागी हुन १३ मुलुकका २०० प्रतिनिधिहरू आएका थिए। ए, एउटा तथ्य त झन्डै छुटेको! प्रधानमन्त्री निवास बालुवाटारबाट रिसोर्टमा सवारी र फिर्ती सवारी चलाउँदा त्यति धेरै खर्च चाहिँ लागेन। जम्माजम्मी १० लाख लागेको हो भन्ने समाचार सुनियो, पढियो। देशको, प्रधानमन्त्रीको  इज्जत, प्रतिष्ठाका अघि यो त्यति ठुलो रकम होइन नि, कि कसो पाठकगण? त्यत्रो रकम खर्च गर्नु भन्दा त वर्चुअल माध्यमबाट सम्मेलनलाई संबोधन गरे हुन्थ्यो भन्नुहोला। के प्रधानमन्त्री हल न चल भएर बसिराख्ने, सधैँ कामै काम मात्र गरिराख्ने त देश...

खोल्ने होइन त नियाेकलाेनियल प्रजेक्टका गाेप्य फायलहरू?

- देवेन्द्र गौतम डिसेम्बर ८, १९८९ को दिनलाई जम्मु-कश्मीरको जीवनको एउटा ज्यादै दुखदायी चरणको शुरूवात मानिन्छ। त्यस दिनपछि पृथ्वीको स्वर्ग भनिने जम्मु-कश्मीर जुन दिशामा गयो वा भनौँ जम्मु-कश्मीरलाई जुन दिशातर्फ बलात लगियो, त्यसले कश्मिरीहरूलाई दु:ख, पीडा, आँसु बाहेक केहि दिएन, भारतका लागि त्यसले एउटा ठुलो आन्तरिक सुरक्षा चुनौती थपिदियो।        हो, त्यहि दिन यासिन मल्लिक नेतृत्वको जम्मु-कश्मीर लिबरेशन फ्रन्ट (जम्मु कश्मीर मुक्ति मोर्चा) सम्बद्ध आततायीहरूले जम्मु-कश्मीरमा रूबैया सइदको अपहरण गरेका थिए। उक्त समूहले लाल देड महिला स्मृति अस्पतालमा इन्टर्नको रूपमा कार्यरत सइदको अपहरण गर्नुको मुख्य कारण थियो (शायद): आफ्नो संघर्षप्रति सम्बन्धित पक्षहरूको ध्यानाकृष्ट गर्नु।  हुन पनि सइदको अपहरण चानचुने घटना थिएन। कंग्रेस (आइ) सँग छुट्टिभिन्न भइ बसेको अनि मूलत: भारतीय जनता पार्टी र केहि हदसम्म वामपन्थी दलहरूको बलमा टिकेको वि पी सिंह सरकारको जगै हल्लाउने किसिमको घटना थियो त्यो। सरकार नहल्लियोस् पनि किन? आखिर सइद साधारण नागरिक थिइनन्, उनी त वि पी सिंह सरकारका गृह मन्त्री मुफ्ती...

महत्वपूर्ण भ्रमण, झिनोमसिनो टिप्पणी

- देवेन्द्र गौतम प्रधानमन्त्री शेर बहादुर देउवाको इण्डिया भ्रमण कति उपलब्धिपूर्ण रह्यो वा रहेन भन्ने सम्बन्धमा हाम्रा संचार माध्यमहरू विश्लेषण गर्न व्यस्त छन् यतिखेर। सरकारी संचार माध्यमहरूका स्पिन डक्टरहरूले भ्रमणलाई उपलब्धिपूर्ण , भव्य , भूतो न भविष्यति भन्ने नै भए। सरकारको पक्षमा बोलेर , लेखेर आमनागरिक माझ विचार प्रवाह गर्न घोषित/अघोषित रूपमा खटिएकाहरूले आफ्नो दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराख्नु उनीहरूको जिविकोपार्जनजन्य बाध्यता पनि होला। कहिलेकाहिँ त यो अन्तरात्मा भन्ने चिजले पनि कति दु:ख दिँदो हो , गुण र दोषका आधारमा विश्लेषण गर्न मन लाग्दो हो , तर के गर्ने ? ( अयोध्याका) रामको नून खाएपछि उनैको भजन नि:शर्त गाउनु पर्यो , रावणको नून खाएपछि रावणकै भक्तिमा लीन हुनैपर्यो , गुणदोष छुट्याउने लेठो गर्नै परेन , टन्टै साफ । अन्तरात्मा कि आवाज जाए भाडमे , कि कसो गन्यमान्य बुद्धिजिवीज्यूहरू ?   यसै गरी प्रतिपक्षीय संचार माध्यमहरूले देउवा एंड कम्पनीको उछित्तो काढ्न कुनै कसर बाँकी राख्ने छैनन्। उनीहरूले भ्रमणलाई उपलब्धिहीन भन्न थालिसकेकै छन्।   देश स्थानीय निर्वाचनक...

The lemon squeeze and the perils of an import-driven economy

Drinking warm lemon water early in the morning appears to be an in thing these days, with many people taking it first thing in the morning for the sake of good health. This fad, naturally, gives rise to queries about the demographics of the drinkers, the amount of honey, lemon and water used in an average family per day and prevailing perceptions about the hot drink, etc.             Regrettably yet understandably, a cursory search for data on regular warm lemon water (hot lemon in colloquial terms) drinkers in the Kathmandu Valley yielded nothing quantifiable.  As for the health benefits of this early-morning drink, let qualified nutritionists/dietitians/public health experts initiate a long and engaging conversation with interested members of the public, including fitness freaks and wellness enthusiasts.  For now, let's look into the ingredients of warm lemon water and try to read deeper into the state of our economy. Let the lemon ...