वागमतीमा डोजर चलाइएपछि
नेपाल सरकारले सुकुम्बासीहरूको पुनर्स्थापन गर्ने भनी अनौपचारिक बस्ती (informal settlements) हटाएपछि वागमती किनारमा लिइएका तस्वीरहरू: आउनुस्, बस्नुस्, एकैछिन भविष्यका कुरा गरौँ अब कहाँ जाने होला? जीवनको के भरोसा छ र? सुत्दिम एकैछिन सरकार उवाच: 'भूकम्प'ले छाडेको भग्नावशेष बग्नु नै जीवन हो वागमती किनारमा अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत सभ्यता विकास समितिको अधिकारसम्पन्न डोजर काम गर्दै वागमती महात्म्यले पुण्यशलिला, जीवनदायिनी वागमती नदीको महिमा गाएको छ वागमती स्वच्छ बनाउन प्रयासहरू भइरहेपनि नदीमा ढल विसर्जन गर्न नरोकिएसम्म यस्ता प्रयासहरूले नदीलाई पुनर्जीवन दिन सक्लान्? तस्वीर/शब्द: देवेन्द्र गौतम