कला प्रविधि होइन, जीवनपद्धति हो: कलाकार एस सी सुमन

सौजन्य: https://scsuman.com
  

कलायात्राको शुरूका दिनहरू

किशोरवयमै कलाकार नै बन्छु भन्ने  सपना थिएनन् मामा डाक्टर  हुनुहुन्थ्यो, उहाँको प्रभाव परिवारमा थियो म परिवारको जेठो छोरा, आमाबुबाले डाक्टर बनाउने सपना अवश्य देख्नुभएको हो लहान स्कुलबाट एस.एल.सी.पास  गरिसकेपछि आमाबुबाको  सपना पुरा गर्न विज्ञान विषय पढेको हुँ विषय जे पढे पनि कलाप्रतिको जिज्ञासा तथा प्रेम सधैँ रहिरह्यो

कलायात्रामा परिवार ग्रामीण परिवेशको भूमिका

मेरो कला-सिकाको पहिलो गुरू हजुरआमा, परिवार पहिलो पाठशाला हो

लहान स्कुलमा प्राथमिक कक्षामा पढ्दादेखि नै घरमा हुने कला गतिविधिमा हजुरआमालाई सघाउन अघि सर्थें झिनो सम्झना , हजुरआमाले माटोको चुलो बनाउँदा पहिलो चोटि मैले चरा बनाएँ हजुरआमाले चरालाई चिटिक्क पारिदिनुभयो मेरो कला-सिकाको पहिलो गुरू हजुरआमा, परिवार पहिलो पाठशाला हो

लालनपालन मध्यमवर्गीय संयुक्त परिवारमा भयो बुबा नेपाल बैंकमा जागिरे  हुनुहुन्थ्यो, काका  कृषक हुनुहुन्थ्यो ।  घरको वातावरण  गुरूकुल जस्तो थियो हामी काकाको छोरा  समेत गरी ६ दाजुभाइले आमाबुबाको कठोर अनुशासनमा रही शिक्षा हासिल गरेका हौँ मेरो कलाप्रतिको झुकाव/प्रेम बुबा खासै मनपराउनुहुन्थेन  

इनारको पानी  खान्थ्यौँ , ओसारमा गुन्द्री  ओछ्या लाल्टिनको प्रकाशमा  पढ्थ्यौँ हाट बजार, मेला, उत्सवको धुम हुन्थ्यो  दशैँ, तिहार, भर्दुतिया, छैइठ, चौरचन जस्ता मिथिलाका लोकप्रिय  चाडपर्व धुमधामका साथ मनाइने भएकोले घरको वातावरण कलामय हुन्थ्यो यदाकदा  टुरिङ टाकिजमा सिनेमा हेर्थ्यौँ   बिजुली टेलिफोन हेर्न मामाघर विराटनगर जानुपर्थ्यो गर्मी बिदा हुँदा विराटनगर जान्थ्यौँ, धेरै रमाइलो हुन्थ्यो त्यतिखेरको परिवेश साँस्कृतिक थियो।

लहानको बसा रमाइलो  थियो झण्डै पाँच दशक पहिलेको लहानको परिवेश पूर्णतः ग्रामीण  थियो हामी इनारको पानी  खान्थ्यौँ ओसारमा गुन्द्री ओछ्यालाल्टिनको उज्यालोमा पढ्थ्यौँ हाट बजार, मेला, उत्सवको धुम हुन्थ्यो  दशैँ, तिहार, भर्दुतिया, छैइठ, चौरचन जस्ता मिथिलाका लोकप्रिय  चाडपर्व धुमधामपूर्वक मनाइने भएकोले घरको वातावरण कलामय हुन्थ्यो यदाकदा  टुरिङ टाकिजमा सिनेमा हेर्थ्यौँ   सिजनमा गाउँगाउँमा घुमी-घुमी पाल टाँगी सिनेमा देखाउने घर हुन्थे, त्यसैलाई टुरिङ टाकिज’ भनिन्थ्यो टुरिङ टाकिजमा बाबुजीसँग "संत ज्ञानेश्वर" सिनेमा हेरेको संझना मेलामा वास्कोप हेरेको संझना बिजुली टेलिफोन हेर्न मामाघर विराटनगर जानुपर्थ्यो ! गर्मी बिदा हुँदा विराटनगर जान्थ्यौँ, धेरै रमाइलो हुन्थ्यो त्यतिखेरको परिवेश साँस्कृतिक थियो। महेन्द्र राजमार्ग बन्दै थियो निर्माणाधीन राजमार्ग, हेल्थ पोष्ट, पुलिस चौकी विद्यालयले गर्दा लहान एकदिन ठूलो शहर बन्छ भन्ने लाग्थ्यो सडक बनाउने क्रममा रूख काटेको मन पर्दैनथ्यो

मौलिक कलाको पुस्तान्तरणको महत्व

मौलिक कलाको पुस्तान्तरण भएमा त्यो जीवित रहन्छ घरको भित्तामा अर्थपूर्ण सन्देशमूलक चित्रहरू कोरेर ज्ञान दिनुका साथै घर सजाउने परम्पराबाट शुरू भएको लिखिया अहिले मिथिला चित्रकलाको रूपमा लोकप्रिय छ भूमि-चित्र र भिती-चित्र परम्परा घरका भित्ताबाट क्यानभास, कागज तथा कपडामा सिमित भै पट-चित्रमा सिमित हुन थालेका छन् मिथिला क्षेत्रमा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रूपमा माटोका घरका आँगनमा चामलको पिठो सिन्दुरबाट अरिपन बनाउने तथा भित्तामा रातो, पहेँलो, हरियो, निलो, सुन्तला जस्ता उज्याला रङ्गहरू प्रयोग गरी देवीदेवता, चराचुरूङ्गी, मानिस, बोटबिरूवा, फलफूल, जनावर लगायतको रूपाकार बनाउने चलन सयौँ वर्षदेखि मिथिलामा लिखिया परम्परा जीवित छ यो परम्परा हजुरआमा, आमा बाट छोरी-बुहारीसम्म पुस्तादरपुस्ता हस्तान्तरण हुँदै आएकोले लिखियालाई जीवन्त परम्परा भन्ने गरिन्छ दलिँदो समयमा पनि मिथिलाकलाको लोकप्रियता माग बढदो

लोककलाको पुस्तान्तरण

नेपाल एउटा प्राचीन सांस्कृतिक देश हो कला मानव संस्कृतिको उपज हो, मानवीय सौन्दर्यचेतको परिचायक हो यहाँको कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ हाम्रो लोककला हाम्रो देशको लोकपरम्पराको दर्पण हो जो विभिन्न रितिरिवाज तथा उत्सवहरूमा देख्न सकिन्छ विभिन्न जात, जाति, समुदाय तथा प्रदेशहरूमा विविध रूपका लोककला देख्न सकिन्छ जनसाधारणले दैनिक जीवनमा रचनात्मक, सिर्जनात्मक रूपले गरेको अभिव्यक्ति नै लोककला हो यी कलाहरूमा पनि उल्लास, हर्ष, विश्वास, वेदना, प्रेम, श्रद्धाजस्ता भावहरू प्रतिबिम्बित हुने गर्छन्

जनहितका लागि नै लोककलाको विकास भएको हो लोककलामा सामुदायिक मनोभाव अभिव्यक्त हुन्छ, दैनिक जीवनमा प्रयोग गरिने वस्तुहरूको साजसज्जा गरी चित्ताकर्षक बनाउने प्रयास गरिन्छ लोकले विभिन्न धार्मिक कार्यहरूमा आफ्ना इष्टदेव/देवीलाई रचनात्मक अभिव्यक्तिको माध्यमले प्राप्त गर्ने प्रयास गर्छन् यस अतिरिक्त समुदायमा मनोरंजन प्रदान गर्न, लौकिक संदेश दिन तथा धार्मिक परंपरा, धार्मिक विश्वास, रीतिरिवाजको पुस्तान्तरणका लागि पनि लोककलाको उत्पत्ति एको  हो साथै वातावरणप्रति रचनात्मक रूपले सजगता ल्याउनु लोककलाको उद्देश्य रहिआएको

कला के हो ?

उचित माध्यम भेटेमा कल्पनाले भौतिक अस्तित्व लिन्छ सिर्जना कहलिन्छ, नत्र कल्पनाले मूर्तरूप लिन सक्दैन हो, मानवको स्वाभाविक अभिव्यक्ति नै कला हो तर के मानवद्वारा गरिने सबै क्रिया कला हो त ? कला के हो ? के होइन <

मनुष्यको स्वाभाविक अभिव्यक्तिले मूर्तता ग्रहण गर्न माध्यम चाहिन्छ कल्पना कुन प्रकारको हो, त्यसलाई आकार दिन उपयुक्त माध्यमको छनोट गर्ने मानिसले हो कवि कवितामार्फत, नर्तक नृत्यमार्फत, अभिनेता अभिनयमार्फत, चित्रकार चित्रमार्फत, मूर्तिकार मूर्तिकलामार्फत आफुलाई अभिव्यक्त गर्छन् अभिव्यक्तिलाई रूप दिँदैमा कला स्थापित हुने होइन, अभिव्यक्तिले रूप पाएपछि त्यसले सशक्त संवाद स्थापित गर्न सक्छ या सक्दैन त्यसैमा उक्त अभिव्यक्ति कलामा गनिने/नगनिने निर्धारण हुन्छ कलापारखीहरू कलाकारहरूबिच कला अभिव्यक्तिको विषयमा समन्वय स्थापित हुनु अर्को चुनौतिको विषय हो चुनौती  सबैतिर , पुस्तान्तरण हुँदै आएको मिथिलाकलालाई अझ सशक्त एवं स्वाभाविक रूप दिअन्य व्यक्तिहरू, कला पारखीहरूसँग संवाद स्थापित गर्नु, संवादलाई सघन तथा स्वादलाई अझ मिठासपूर्ण बनाउनुपर्नेछ  संवाद एवं समन्वय नै कलाको उद्देश्य भएकोले पुस्तान्तरणमा सहजता हुन्छ

कलाको बजारीकरण

समयसीमामा बाँधिएर गरिने कला सिर्जना सोचे अनुरूप उत्कृष्ट हुँदैनन्, उन्मुक्त रूपमा गरिएका कला सिर्जना सशक्त उत्कृष्ट भएर अगाडि आएका हुन्छन्

कलालाई  बजार  चाहिन्छ तर अत्यधिक बजारीकरणले कलालाई ह्रासोन्मुख बनाउँछ

कुनै कलाकारले जीवनको लामो अनुभव समेटेर मनभित्रबाट कलाकृति सिर्जना गर्छन्, कसैले दिमाग चलाएर , कसैले श्रम खर्चेर कला सिर्जना गर्छन्, कसैले जीवन कलाको लागि समर्पित गरेका हुन्छन् हो कलालाई  बजार  चाहिन्छ, कलाको बजारीकरण हुनु राम्रो हो तर अत्यधिक बजारीकरणले कलालाई ह्रासोन्मुख बनाउँछ मिथिला लोककलामा महिलाको बाहुल्य रहिआएको , महिलाको आयआर्जनमा महत्वपूर्ण स्थान ओगटेको मिथिला लोककलाले महिलालाई स्वावलम्बी बनाउँदैछ मिथिला लोककलाको लोकप्रियताले राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूलाई आकर्षित गरेको छ तर मयसीमामा बाँधिएर गरिएका कला सिर्जना तथा उन्मुक्त रूपमा गरिएका कला सिर्जना फरकफरक विधा हुन् समयसीमामा बाँधिएर गरिने कला सिर्जना भन्दा उन्मुक्त रूपमा गरिएका कला सिर्जना सशक्त उत्कृष्ट भएर अगाडि आएका हुन्छन् कलाकारको कल्पनाशीलता सिर्जनशीलताको समायोजन गर्ने क्षमताले, प्रस्तुतिले कलाकारलाई सशक्त रूपमा अगाडि ल्याउने गर्दछ यिनै कुराको अभावमा केही कलाकारहरूको प्रस्तुति कमजोर देखिन गएको अवस्था हतारमा गरिएका कला प्रदर्शनीले पनि कलाकारको प्रस्तुति फितलो देखिने हुँदा कलाकार सचेत हुन आवश्यक

कुनै कलाकार नयाँ आइडियालाई कला मान्छन् कोही मात्र आर्ट स्किल नयाँ प्रविधिलाई कला मान्ने गर्छन् आफू कलाकार हुनुको सामाजिक दायित्वलाई मूर्त तथा अमूर्त रूपमा अभिव्यक्त गर्दै आएका छन् यसलाई कला मान्नु/नमान्नु हाम्रो स्वतन्त्रता हो यसभित्र पनि विशिष्टता बोकेका ‘कलाकार नामक प्राणी हुन्छन् जसले रूको कलाको बडो सहजतापूर्वक नक्कल गर्ने गर्छन्, अझ प्रष्ट रूपले भन्दा चोर्ने गर्छन् यस्तालाई हामी चटके कलाकार भन्ने गर्छौँ रूले बनाएको कलाकृति खरिद गरी वा आफ्नो लागि सिर्जना गर्न लगात्यसमाथि आफ्नो नाम लेखी बिक्री गर्ने सम्मको निर्लज्जता प्रदर्शन गर्छन् आफ्नो नाउँमा आयोजना गरिएको एकल प्रदर्शनीमा राखी प्रदर्शन गर्ने गर्छन्, मूल कलाकारभन्दा पहिले बिक्री पनि गरिदिन्छन् किनभने उसको नजरमा बिक्री गर्नु नै कला हो

यतिमात्रै होइन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठनसँगै मिथिलाकलाको मूल कलाकारको कलाकृतिमा चट्के कलाकारले आफ्नो नाउँ लेखी राष्ट्रिय प्रदर्शनीमा दर्ता गराइ पुरष्कृत भएको विवादसमेत नभएको होइन आजको समयमा छिटोभन्दा छिटो नाम दाम कमाउने होड चलेको मिथिलाकलाको राजधानी जनकपुरमा यस्ता गतिविधिले व्यापकता पाएको स्थानीय केही कलाकारबाट यस्तो कुराको विरोध हुँदा भारत मधुवनीबाट विना नामको कलाकृति न्यूनतम मूल्यमा खरिद गरी, आफ्नो नाम लेखी विभिन्न आर्ट ग्यालरीमार्फत बिक्री वितरण हुने गरेको कुरा विभिन्न छापा तथा समाजिक सञ्जालमार्फत जनसमक्ष आइरहेको

नेपाल सरकार तथा प्रादेशिक सरकारबाट उपेक्षित कला कलाकार निजीस्तरबाट केही हदसम्म रोजगार उपलब्ध गराउने नाममा शोषित भएका छन्, यसले गर्दा मिथिलाकलाको प्रतिष्ठामा प्रश्नचिन्ह लाग्ने गरेको मिथिलाकलाले हामीलाई प्रतिष्ठा दिएको , हाम्रो पहिचानलाई उँचाइ दिएको , तसर्थ हामीले पनि यसको गरिमा कायम राख्नुपर्छ यो हामी कलाकारको पहिलो प्राथमिकता हो, जहाँ हामी कलाकार स्वयं सचेत तथा इमानदार हुनु रूरी हामी कलाकार सर्जक हौँ, श्रमिक होइनौँ हामीले गरेका सिर्जनामा हाम्रो नाउँ लेख्न पाउनु हाम्रो अधिकार हो

मौलिक कलाहरूको संरक्षणमा सरकार, निजी क्षेत्र, कर्पोरेट हाउसहरूको भूमिका

“आफुले सिर्जना गरेको कलाकृतिमा नामसमेत लेख्न नहुने वा लेख्न नदिने परम्पराबाट कलाकार बाहिर आउँदै गरेका देखिन्छन् यो एउटा सुखद पक्ष हो

नेपालका विभिन्न जनजाति-आदिवासी-अनादिवासी समुदायहरूका मौलिक कलाहरू आआफ्ना विशिष्ट पहिचान बनाउन तत्पर न् परम्परागत कला, लोककला वा उपयोगी कलाको नाममा यी कलाको पहिचान हुने गरेको छ, यिनको उत्थानका लागि बहस हुने गरेको यी कलाको सिर्जनामा संलग्न कलाकारहरूको शिल्पकौशलता, कल्पनाशिलता रचनादक्षताको खुलेरै अभिलेख राख्नुपर्ने र कलाकारिताको विश्लेषण हुनुपर्ने देखिएको अब पनि पहिलेजस्तै कलाकार छायाँमा पर्नुहुँदैन कमसेकम आफूले सिर्जना गरेको कलाकृतिमा नामसमेत लेख्न नहुने वा लेख्न नदिने परम्पराबाट कलाकार बाहिर आउँदै गरेका देखिन्छन् अहिले परम्परागत कला वा लोककलामा काम गर्ने कलाकारले आफ्नो नाउँ लेख्ने परम्परा शुरू गरेका छन् यो एउटा सुखद पक्ष हो

पहिलो चरणमा प्रदेश सरकारले प्रत्यक्ष कलाकार भेला गरी कलाकारका कथाव्यथा तथा कला क्षेत्रका चुनौतीहरूबारे जानकारी लिनु जरूरी देखिन्छ दोस्रो चरणमा प्रादेशिक सरकारको पहलमा प्रादेशिक विकासमा नेपाली मौलिक लोककलाको भूमिका सम्भावना, कला संग्रहालय, ग्यालरी, स्टुडियोको स्थापना, कलाको माध्यमबाट आर्थिक उत्थान लगायतका विषयहरूमा कलाविज्ञहरूसँग गहन छलफल गरी, छुट्टै कला संकायको गठन गरी विश्वविद्यालय एवं विद्यालय तहमा समेत यसको अध्ययनअध्यापन कार्य शुरू गर्नुपर्छ नेपाली लोककलाले विश्वकै कलाक्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सक्छ भन्ने जनविश्वास रहेको यसका लागि प्रदेश सरकारले छुट्टै कला नीति बना त्यसको कार्यान्वयन गर्न थाल्नेछ भन्ने आशा गर्न सकिन्छ

 ललितकलाको संस्थागत विकासमा नेपाल सरकारको भूमिका

ललितकलाको विकासका लागि वस्तुवादी गुरूयोजना तयार पारी अगाडि बढ्नुपर्ने देखिन्छ”

हामी कहाँ ललितकलाको विकासको लागि सरकारीस्तरमा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान छ सरकारले ललितकलाको संस्थागत विकासका लागि ठोस योजना बनाकाम गर्नुपर्ने देखिन्छ   हामीसँग २ तहको रकार प्रथमत: प्रदेशस्तरीय ललितकलासम्बन्धी संघसंस्थाहरू, कलाप्रतिभा तथा कलारचनाहरूको संक्षिप्त प्रोफायलसर्भे-अध्ययनसंकलनप्रकाशन गर्नुपर्ने देखिन्छ

संकलित तथ्य/तथ्यांकहरूको वस्तुगत आधारमा भूगोलक्षेत्र, विषयविधा कलानीतिविधि तथा विज्ञहरूको प्रतिनिधित्वको सापेक्षतामा जनसहभागितामूलक तथा गहन छलफल गरी, सुसोचपरिकल्पनासहितको एक रणनैतिक कार्यक्रमिक कार्ययोजना कार्यशाला गोष्ठीले वस्तुवादी गुरूयोजना तयार पारी अगाडि बढ्नुपर्ने हुन्छ

नेपाल सरकारको संवैधानिक तथा कानूनी प्रावधान, संघीय संस्कृति मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठानहरू नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐनमा संशोधन तथा म्बन्धतालमेल प्रदेश कानूनी कार्यविधिहरू ललितकला नीतिकार्यविधि निर्माणबारे छ्लफल थाली कार्ययोजना बना कार्यान्वतर्फ अग्रसर हुनुपर्छ कलाविकासको लागि राष्ट्रिय तथा प्रदेश कलानीति तयार गर्नुपर्दछ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीको लागि प्रदेशबाट प्रतिनिधित्व हुने कलाप्रतिभा नोट, पुरस्कारसम्मान सहभागिता लगायतको विशेष सिफारिश सम्बन्धमा प्रदेशलाई नै स्वायत कानुनी अधिकारको व्यवस्था हुनपर्छ साथै ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय प्रदर्शनी प्रदेशमा नै प्रतियोगिता गराएर मात्रै केन्द्रमा सिफारिशको व्यवस्था गर्नुपर्ने देखिन्छ

नेपाल सरकारको संस्कृति नीति समयसापेक्ष हुनुपर्छ, साथै प्रदेश प्रज्ञा प्रतिष्ठान (कला, नाट्य तथा संगीत भाषासाहित्यसमाजसंस्कृति) ऐनकानून संशोधन तथा अन्य थप प्रावधानको लागि अध्यादेश पेश गर्न सरकारलाई अनुरोध कलाकार तथा कलासरोकारीहरूसँग सरसल्लाह गरी प्रदेश कलाभवनहरू (आर्ट ग्यालरी) को व्यवस्था तथा कलारचनाहरूको संकलन गर्न पहल गर्नुपर्दछ विद्यालय तहका पाठ्यक्रम देखि नै नेपाली कलासम्बन्धी अध्ययन सामग्रीहरू समावे गरिनुपर्दछ प्रदेशस्तरमा ललितकला कलेजको स्थापना गर्नुपर्छ प्रदेशस्तरमा प्रतिभावान युवा कलाकारको छनोट गरी लितकला क्याम्पसमा स्नातक तहसम्म छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाउने, प्रतिभावान महिला कलाकारलाई पनि विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ पर्यटन तथा अन्य सांस्कृतिक क्षेत्रहरूसँग साझेदारीसहकार्यको व्यवस्था मिलाउन सरकारी निकायगत समन्वय हुनुपर्छ, यसका लागि सुस्पष्ट योजना बनाउनुपर्छ

काठमाण्डौ ट्रेनाले, २०२२

कोभिड-१९ का कारण कला क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको   मेरो एकल प्रदर्शनी डिसेम्बर १०, २०२१ मा सिध्दार्थ आर्ट  ग्यालरीमा शुरू हुँदैछ, जनवरी १५, २०२२ सम्म यो चल्नेछ छिटपुट कला प्रदर्शनीहरू हुँदैछन्    फेब्रुअरी,  २०२२ मा  सिध्दार्थ आर्ट फाउन्डेसनले काठमाडौं ट्रेनालेको आयोजना गर्दैछ

युवा कलाकारहरूलाई सल्लाह, सुझाव

मेरो अनुभवमा अन्य क्षेत्रमा भन्दा कला क्षेत्रमा संघर्ष धेरै गर्नुपर्छ परिणाम ढिलो प्राप्त हुन्छ   इमान्दारी, लगनशीलता धैर्यको आवश्यकता पर्छ यो सबै  मिलेर सुखद परिणाम दिन्छ, जसले गर्दा आनन्दको अनुभूति  हुन्छ । नेपाली कला क्षेत्रलाई युवा जोश-जाँगरको खाँचो पुरानो पुस्ताले बनाएको गोरेटोलाई फराकिलो बनाउने दायित्व नयाँ पुस्ताको हो

चित्रमा हेर्छु, चित्रकार जीवन र जगतसँग कतिसम्म प्रेम गर्न सक्छ कला नशा हो नशामा डुबे पुन: संसार सिर्जित हुन्छ सिर्जनाले प्रेमानुभूति गराउँछ जसले सुखदुःख, हास्य-रोदन, सृष्टि विध्वंसको कथा भन्छ संघर्षले जिउन सिकाउँछ   कला प्रविधि  होइन, जीवन जिउने ठोस तरिका हो संसारसँगको प्रेमको प्रमाण चित्र मात्र हो चित्रकार मानवको प्रत्येक कोशिकासँग संवाद गर्दै आफ्नो चित्र फलकमा आए प्राणप्रतिष्ठित गर्छ हुन जीवन पूर्ण कथा होइन, केही अपूर्णता, असफलता सफलताको कथा हो आफ्ना गल्तिहरूलाई असफलताको रूपमा हेर्दिन ती गल्तीहरूले मलाइ सिकाइको, परिष्कारको अवसर दिन्छन् कलाकार बन्ने लक्ष्य लिइ जीवनपथमा हिँडदा, आजीवन संघर्ष रोज्दा जब हारको श्रृंखला, सीम एक्लोपना र अन्तहीन तपस्या हात लाग्छ, त्यहि यात्रामा लेखिन्छ युगको कथा ...

 

कलाकार बन्ने लक्ष्य लिइ जीवनपथमा हिँडदा, आजीवन संघर्ष रोज्दा जब हारको श्रृंखला, सीम एक्लोपना र अन्तहीन तपस्या हात लाग्छ, त्यहि यात्रामा लेखिन्छ युगको कथा

(कलाकार एस सी सुमनसँग देवेन्द्र गौतमको संवादमा आधारित)


कलाकारको संक्षिप्त परिचय

कलाकार एस सी सुमन (सुबोध चन्द्र दास कायस्थ) खासगरी मिथिलाकलाको क्षेत्रमा सुपरिचित नाम हो  विक्रम संवत २०१८ साल भदौ १९ गते सिराहा जिल्लाको भवानीपुरमा उहाँको जन्म भएको हो (पिता: स्व. इन्द्र नारायण दास, माता: स्व नन्दनी देवी दास)  ललित नारायण मिथिला विश्वविद्यालय, दरभंगाबाट उहाँले बि एस्सी गर्नुभएको छ   सुमनले मुम्बइमा टेक्सटायल डिजाइन तथा अन्य प्राविधिक तालीम प्राप्त गर्नुभएको हो 

कला र कलाकारको उत्थानका लागि उहाँले करिब ३ दशकदेखि कलाकारहरूका नेपाल ललितकला प्रतिष्ठान, सिद्धार्थ आर्ट फाउन्डेशन,  ललितकला संगम (विराटनगर), मैथिली कलाकार समाज (काठमाण्डौ), मैथली सेवा समिति (विराटनगर) लगायतका संघसंस्थाहरूसँग सम्बद्ध रहि योगदान पुर्याउनुभएको छ 

सन् २००७ देखि हालसम्म उहाँले मिथिला कस्मस श्रृंखला लगायतका एकल प्रदर्शनीहरूमार्फत आफ्ना कलाकृतिहरू प्रस्तुत गर्दै आउनुभएको छ  सामुहिक प्रदर्शनीहरूमा चिनमा आयोजित एशियन एण्ड अफ्रिकन एण्ड मेडिटरेनियन इन्टरन्याशनल आर्ट एक्जिविशन,  २०१८ मा बंगलादेशमा आयोजित दोस्रो कर्णफुली फोक ट्रीनाल, २०१७ मा संयुक्त अधिराज्यमा आयोजित बिलो द क्लाउडस एक्जिविशन अभ कन्टेम्पोररी नेप्लिज आर्ट, २०१६ मा नयाँ दिल्लीमा आयोजित सतरङ्गी, मिथिला मधुवनी आर्ट एक्जिविशन लगायत प्रदर्शनीहरूमा आफ्ना कलाकृतिहरू प्रदर्शन गरिसक्नुभएको छ 

कलायात्राका क्रममा सुमनले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ  उहाँले प्राप्त गर्नु भएका केहि पुरस्कार तथा सम्मानहरूको संक्षिप्त चर्चा गरौँ  सन् १९९८ मा नेपाल ललितकला संघले आयोजना गरेको २९ औँ राष्ट्रिय कला तथा शिल्प प्रदर्शनीमा उहाँले राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो   सन् १९९९ मा आयोजित ३० औँ राष्ट्रिय कला तथा शिल्प प्रदर्शनीमा उहाँले द्वितीय स्थान प्राप्त गर्नु भएको थियो   

सन् २००४ मा आयोजित ३५ औँ राष्ट्रिय कला तथा शिल्प प्रदर्शनीमा उहाँले विशेष राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो 

सन् २००८ मा नेपाल सरकारले उहाँलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको थियो 

कलाको क्षेत्रमा कलाकार सुमनको योगदानको कदरस्वरूप सन् २०१३ मा महिला कला समूहले उहाँलाई कदरपत्र प्रदान गरेको थियो   सोहि वर्ष काठमाण्डौ विश्वविद्यालय र नेपालस्थित अमेरिकी दूतावासले उहाँलाई उत्कृष्टको प्रमाण-पत्र प्रदान गरेको थियो 

सन् २०१६ मा जनकपुर विक्ष कोषले उहाँलाई कदर-पत्र प्रदान गरेको थियो  सोही वर्ष वि पी कोइराला भारत-नेपाल प्रतिष्ठानले उहाँलाई कदर-पत्र प्रदान गरेको थियो 

ढाकामा आयोजित कर्णफुली फोक त्रिनियल २०१८ लगायतका कला महोत्सवको कोक्युरेटर/क्युरेटरको रूपमा कार्य गरिसक्नुभएको छ  सन् २०१८ मा हनुमानढोकादेखि स्वयंभूसम्म आयोजना गरिएको सम्पदा यात्रामा पनि उहाँलाई सम्मान गरिएको थियो        

सन् २०१९ मा देहि आर्टले झापामा आयोजना गरेको आर्ट-लिट फेस्टिवल (कला-साहित्य महोत्सव) मा उहाँ सम्मानित हुनुभएको थियो 

उहाँको कलाकारिता तथा कलायात्रा बारे विस्तृत जानकारी http://scsuman.com/ र  https://artistscsuman.blogspot.com/ बाट प्राप्त  गर्न सकिन्छ 

 

Comments

Popular posts from this blog

Welcome to the countryside: This is not a one-horse town!

Why read?

के गरी खाअैाला तिमीहरूले ?