पहाडमें क्या रक्खा है? सबकुछ रक्खा है भइ
हामी ठुलो इंजिनका पार्टपुर्जाबाहेक केही हुन सकेनौँ, क्यारेमका गोटी बाहेक, बुद्धिचालका प्यादाबाहेक केही हुन् सकेनौँ, हाम्रो वीरता अपवादबाहेक राष्ट्ररक्षामा प्रयोग नै हुन सकेन, यो वा त्यो साम्राज्यको रक्षा वा विस्तारमा मात्र उपयोगी रह्यो, आफ्नै घरमा आगो लगाएर खरानीको होली खेल्नेबाहेक अरू केही उद्योग गर्न सकेनौँ हामीले भन्ने सम्झिँदा असाध्यै दिक्क लाग्छ।
देवेन्द्र गौतम
इण्डियामा सत्तासीन बिजेपीका नेता शुभेन्दु अधिकारीले पश्चिम बङ्गालको सत्ताको बागडोर सम्हालेपछि सामाजिक संजालमा एउटा ‘सूचना’ वाइरल भइरहेको छ। त्यस सूचनाको भर पर्ने हो भने पश्चिम बंगालका मुख्यमन्त्री अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रे जिल्लामा पर्दोरहेछ।
पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रेमा पर्दोरहेछ भन्ने 'सूचना' वाइरल भइरहेको छ सामाजिक संजालमा। लौ उनी नेपाली मूलकै होलान् रे। कति पुस्ताअघि गएका थिए त तिनका वंशज ‘अवसरको’ खोजीमा ‘...पहाडमें क्या रक्खा है’ गाउँदै? अब उतैका भइसके, उतैको स्वार्थ हेर्छन्, हाम्रो हेर्छन् र भन्या?
महाराष्ट्रका ब्राह्मणहरू पनि अधिकारी थरका हुन्छन् है हुन त (अधिकारी पद हुँदै थरमा रूढ भएको हो कार्कीजस्तै)। लौ उनी नेपाली मूलकै होलान् रे, राम्रै भो।
कति पुस्ता अघि गएका थिए त तिनका वंशज ‘अवसरको’ खोजीमा ‘पहाडमें क्या रक्खा है’ गाउँदै। अब उतैका भइसके, उतैको स्वार्थ हेर्छन्, हाम्रो हेर्छन् र भन्या?
हामीलाई नाच्न, गाउन पाए, रमाइलो गर्न पाए अरू के चाहियो दुई दिनको जीवनमा?
केही दिनअघि एक हिमाली अधिराज्यको विलयको रजत जयन्ती मनाइँदाका दृश्यहरू आँखाअगाडि नाच्न थाले। केही नेफोली लोगहरू त्यही समारोहमा नाचेका पनि देखिए, ताली बजाउनेहरू को थिए, अनुमान गर्न के गाह्रो छ र? लाग्यो, हामीलाई नाच्न, गाउन पाए, रमाइलो गर्न पाए अरू के चाहियो दुई दिनको जीवनमा?
देशहरू जन्मन्छन्, मर्छन् पनि द ग्रेट हिमलयन गेमका बीचमा, के फरक पर्छ, होइन त नेफोलीहरू? हिमालय र पहाडको काखमा, तराइको आँगनमा रहेको भूस्वर्ग छाडेर (ज्यास्ती पराक्रमी भए जलाएर) जबसम्म लाहुरे -- बौद्धिक, भर्तिवाला, तोरीलाहुरे -- भइ संसारभर भौँतारिन पाइन्छ, सुख भोग्न पाइन्छ, गोरा, काला, खैरा साहेबहरूको हुकुम तामेल गर्ने क्रममा काला बादलले नपाएको दु:ख खेप्न पाइन्छ, तबसम्म के फरक पर्छ? कम्तिमा दु:ख गर्न त पाइएको छ, अर्कैका लागि, आफ्नै वा अर्कैको भूमिमा तोपको मोहोरी त हुन पाइएको छ, कि कसो?क्यों, ठिक कहा ना, भाइसाहब?
जे होस्, त्यस हिमाली भूखण्डको स्वतन्त्र अस्तित्व समाप्त पार्ने इन्दिरा गान्धीको गुरूयोजनामा नेपालीहरू पनि संलग्न रहेको ऐतिहासिक तथ्यले झस्कायो। केही साथीहरू खोइ कुन शक्तिको निम्तोमा हो प्रत्येक वर्ष त्यहाँ जान्छन्, फर्केर ती त्यहाँको सुशासन, सुव्यवस्था अनि त्यहाँको विकासको मोडेलबारे लामालामा लेखहरू लेख्छन्, मेरो झस्किने क्रम चलिरहन्छ। हामी ठुलो इंजिनका पार्टपुर्जाबाहेक केही हुन सकेनौँ, क्यारेमका गोटी बाहेक, बुद्धिचालका प्यादाबाहेक केही हुन् सकेनौँ, हाम्रो वीरता अपवादबाहेक देशको रक्षामा प्रयोग नै हुन सकेन, यो वा त्यो साम्राज्यको रक्षा वा विस्तारमा मात्र उपयोगी रह्यो, आफ्नै घरमा आगो लगाएर खरानीको होली खेल्नेबाहेक अरू केही गर्न सकेनौँ हामीले भन्ने सम्झिँदा असाध्यै दिक्क लाग्छ।
यो सधैँ ऐठन भइरहने भूखण्डमा एकझमट निश्चिन्त भइ निदाउन कहिले पाइएला?
गर्ने के त त्यसो भए, बताइए? धीरगंभीर हो के सोचिए जरा। उक्त भव्य समारोहमै फर्किन्छु। समारोहलाई सम्बोधन गर्दै इण्डियाका एक मन्त्रीले गरेको भाषणको आशय थियो: मेरो शरीरमा पनि नेपाली रगत नै बगेको छ। आमाको माइती नेपाल नै भएको (उनी राणा खलककी छोरी हुन्) अनि श्रीमतिको पनि नेपाली जरो (roots) नै भएको उनले बताए। यी सबै पब्लिक डोमेनमै उपलब्ध सूचनाहरू हुन्।
खोज्दै जाँदा एमेरिकाका फाउन्डिङ फादर्स (founding fathers) का साथै डनल्ड ट्रंप, चार्ल्स माउन्टब्याटन विन्डसर आदि पनि नेपाली मूलका देखिने हुन् कि (तिनका कान्छा छोराले पोखरा छेउछाउको एउटा डाँडामा खुट्टा राखेका मात्र के थिए, दिलदार नेफोलीहरूले त्यसको नाउँ नै ह्यारी डाँडो राखिदिएका छन्) , एमेरिकाका रेड इण्डियनहरू पनि एशियाबाटै गएका हुन् रे, ती पनि नेपाली नै हुन् कि त? ड्यारियन ग्याप पार गरेर उबेला 'अवसरहरू'को खोजीमा शाल्मलि द्विप पुगेछन् कि त? एशियाको माझमा हिमाल मात्र होइन, एमेरिकाजमा एन्डीज, योरोपमा आल्पस, मो ब्लांक, एफ्रिकामा किलिमांजरो पनि हामीले वा हाम्रै नातापाताले उठाएका रहेछन् कि त?
जुनकिरीझैँ बत्ती बाली खोजिपस्दा कसो होला?
मन्त्रीजीको ‘नेपाली’ ‘भावना’को कदर गर्दै भन्छु: उनले आफ्नै मावली देशको हितमा काम गर्न सक्ने कति ठाउँ छ, कति गरेको छु, आफैँलाई सोध्नुपर्छ।
उनीजस्ता उच्चपदस्थ, प्रभावशाली व्यक्तिहरूले हाम्रा दुई देशबीचको असमान अझ अन्यायपूर्ण सम्बन्धलाई अलि सहनीय, थोरै भए पनि समान र सम्मानपूर्ण बनाउन धेरै योगदान गर्न सक्ने ठाउँ भने छ।
उनी उत्तराखण्डको विकाससम्बन्धी तालुकवाला मन्त्री पनि भएकोले लिम्पियाधुरा-लिपुलेक-कालापानी विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि देखिन्छ।
यी सबै कार्य गर्नका लागि नेपाली नागरिकता नै हातमा हुनुपर्छ भन्ने छैन, नेपाली मन भए पुग्छ। नेपाली नागरिकताधारी, दौरा-सुरूवाल-कोट-नेपाली टोपी लगाएकाहरूले त खण्डखण्डमा देश बेचेका छन्, सुगौली सन्धि हुँदै विक्रम संवत २००७ पछि हालसम्म गरिएका दुरभिसन्धिहरूले त्यो देखाएकै छन्। अमिताभ बच्चनका परिवार पनि मुस्ताङबाट पारी गएका हुन् भन्नेहरूको कोकोहोलो पनि सामाजिक संजालमै सुनिन्छ बेलाबेला। उनी आफैंले त्यसो भनेको मैले सुनेको/पढेको छैन।
खोज्दै जाँदा एमेरिकाका फाउन्डिङ फादर्स (founding fathers) का साथै डनल्ड ट्रंप, चार्ल्स माउन्टब्याटन विन्डसर आदि पनि नेपाली मूलका देखिने हुन् कि, एमेरिकाका रेड इण्डियनहरू पनि एशियाबाटै गएका हुन् रे, ती पनि नेपाली नै हुन् कि त?
ड्यारियन ग्याप पार गरेर उबेला 'अवसरहरू'को खोजीमा शाल्मली द्विप पुगेका रहेछन् कि त हाम्रा पुर्खाहरू? झाँक्रीविद्या, कृषिकर्म, सभ्यता, संस्कृति, सुशासन, सुव्यवस्था तिनैले फैलाएका रहेछन् कि त? Who knows?
म्याग्दीमा राउन्नेको पाटो भन्ने बारी नै छ, त्यहाँ रावण जन्मेको हो भन्छन्। विश्रवा मुनिको छोरा, पुलह ऋषिको नाति हो ऊ अनि उसले बिहे गरेको मन्दोदरी थकालीकी छोरी हुन् भन्ने छ। नभन्दै पुलत्स्य-पुलहाश्रम अवस्थित नै छ पुलाडाँडा, बेनी नगरपालिका-५, म्याग्दीमै। रावण रक्ष संस्कृतिको सन्तान हो, ब्राह्मण (ब्रह्माको दरसन्तान) हो, ठुलो विद्वान हो। उसले लेखेको ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ रावणसंहिता भृगुसंहिताभन्दा धेरै प्रामाणिक मानिन्छ, त्यो ग्रन्थराज नेपालमै थियो पछि पारी पुर्याइयो, यस्तै लेखेका छन् जनकलाल शर्माले गरिमाको कुनै अङ्कमा।
उसले रचेको शिवताण्डन्वस्तोत्रम् जस्तो सुन्दर स्तोत्र रच्न आधुनिक माइका लालहरूलाई पनि हम्मे पर्छ होला।
नीति छ उनीहरूको: वयं रक्षाम: अर्थात् हामी रक्षा गर्छौँ (आचार्य चतुरसेनको वयं रक्षाम: पढ्नुभए हुन्छ)। हामी भन्ने भावनाबाटै देश हुने हो, देशको रक्षा हुने हो, विभीषणप्रवृत्तिबाट होइन। सिताहरण अक्षम्य अपराध हो तर 'मर्यादापुरूषोत्तम' रामले चौधवर्षे वनवासका बेला आखेटका क्रममा भेटिएकी राक्षसकन्या सुर्पणखाले बिहेको प्रस्ताव गर्दा लक्ष्मण लगाएर नाक कटाइदिनुपर्ने कुन चाहिँ अपराध गरेकी थिइन्?
राम-रावण युद्धको बिउ त्यही बेला रोपिएको होइन?
आफूलाई holier than thou, सभ्य, सुसंस्कृत देखाउन, शत्रुपक्षलाई विभत्स, असभ्य, दुष्ट, जङ्गली देखाउन सिङ, दाह्रा, नङ्ग्रा, अट्टहास, भद्दापन जेजति थपे पनि रोक्ने कसले?
एउटा लेखकका रूपमा devil's advocate भएर यो प्रश्न प्रकाण्ड विद्वानहरूमाझ तेर्स्याइ 'दण्डकारण्यविशे (विषये अर्थात् जिल्ला, क्षेत्रमा) म जान्छु।
शिकार खेल्न आँधीखोला आएका दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएको, उनका अन्धाअन्धी बाबुआमाले पुत्रशोकले मर्नु परोस् हामीजस्तै तिमी पनि भनी श्राप दिएको अनि तिनका आँसुले अन्धाअन्धी दह (आँधीखोला गाउँपालिका-२, स्याङ्गजामा अवस्थित) बनेको भन्ने जस्ता कथाहरू पढ्दा, सुन्दा राम पनि यतै जन्मेका त थिएनन्? भन्ने प्रश्न उब्जिन्छ नै।
किनभने त्यतिखेर रथमा चढेर अयोध्याबाट आँधीखोलामा शिकार गर्न आउनु पक्कै संभव थिएन होला, आधुनिक युगमा, आधुनिक परिवहनमार्फत् करिब ३४५ किमि सडकमार्ग छिचोल्दै आउँदा पनि ८-१० घण्टा लाग्ने तथ्य विचार गर्दा। त्यतिखेर बाक्लो वन थियो होला, रथ-पथ अर्थात् रथको बाटो त पक्कै थिएन होला, दशरथसँग पुष्पकप्रभृति मनचिन्ते विमान पनि पक्कै थिएन होला।
रावण रक्ष संस्कृतिको सन्तान हो, ब्राह्मण (ब्रह्माको दरसन्तान) हो, ठुलो विद्वान हो। उसले लेखेको ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ रावणसंहिता भृगुसंहिताभन्दा धेरै प्रामाणिक मानिन्छ, त्यो ग्रन्थराज नेपालमै थियो पछि पारी पुर्याइयो, यस्तै लेखेका छन् जनकलाल शर्माले गरिमाको कुनै अङ्कमा।
उसले रचेको शिवताण्डन्वस्तोत्रम् जस्तो सुन्दर स्तोत्र रच्न आधुनिक माइका लालहरूलाई पनि हम्मे पर्छ होला।
नारा नै छ उनीहरूको: वयं रक्षाम: अर्थात् हामी रक्षा गर्छौँ (आचार्य चतुरसेनको वयं रक्षाम: पढ्नुभए हुन्छ)। हामी भन्ने भावनाबाटै देश हुने हो, देशको रक्षा हुने हो, विभीषणप्रवृत्तिबाट होइन। सिताहरण अक्षम्य अपराध हो तर 'मर्यादापुरूषोत्तम' रामले चौधवर्षे वनवासका बेला आखेटका क्रममा भेटिएकी राक्षसकन्या सुर्पंणखाले बिहेको प्रस्ताव गर्दा लक्ष्मण लगाएर नाक कटाइदिनुपर्ने कुन चाहिँ अपराध गरेकी थिइन्? आफूलाई holier than thou, सभ्य, सुसंस्कृत देखाउन, शत्रुपक्षलाई विभत्स, असभ्य, दुष्ट देखाउन सिङ, दाह्रा, नङ्ग्रा, अट्टहास, भद्दापन जेजति थपे पनि रोक्ने कसले?
हाम्रा कथाहरू बिगारेर पारीका पण्डितहरूले सबैजसो तीर्थस्थलहरू उतै त 'रचेनन्' इण्डियन संकथन निर्माण गर्न, cultural hegemony कायम गर्न, उपनिवेशवादको नयाँ अध्याय आरम्भ गर्न, आफ्नो देश बलियो बनाउन, हामीलाई सधैँ माइती खलक भनेर शोषण गर्न? नभन्दै शास्त्रहरूमा अयोध्या अर्थात् युद्ध गरेर जित्न नसकिने अभेद्य किल्लाको जुन भौगोलिक अवस्थितिको वर्णन छ, त्यो पारीको अयोध्यासँग राइरत्ति मिल्दैन, यता माडी (चितवन) को अयोध्यापुरीसँग भने ठ्याक्कै मिल्छ भन्छन् विद्वानहरू।
त्यसो त थाइल्याण्डमा पनि अयोध्या छ, त्यहाँका राजा रामकै अवतार मानिन्छन्।
दक्षिणपूर्वी एशिया रामकथाहरूले भरिएको भूखण्ड हो, बाली त्यहीँ छ, पुत्रजया त्यहीँ छ, अयोध्या त छँदैछ।
मिश्र अर्थात् इजिप्टमा 'राम्सेस' राजाहरू नै थिए, त्यही वंशमा तुस्सरत नामका राजा थिए, तिनै पो दशरथ हुन् कि भन्नेहरू पनि छन्।
व्यक्तिगत/सामूहिक आस्थामा चोट पुर्याउन खोजेको होइन, अति भएकोले मनमा लागेको कुरा लेखेको मात्र हुँ।
भन्छन् नि: हरि अनन्ता, हरिकथा अनन्ता।
त्यसो त नेटिव (आदिवासी) अमेरिकनहरू अर्थात् रेड इण्डियनहरू पनि एशियाबाटै गएका थिए रे एमेरिकातिर। कयौँ युग पहिले ‘पहाडमें’ क्या रक्खा है’ बोलको राष्ट्रिय गीत गाउँदै, डेरियन ग्यापभन्दा पनि दुर्लंघ्य गौँडाहरू, भन्ज्याङहरू (treacherous passes) पार गर्दै, स्याबर-टुथेड टाइगर्स, टि रेक्सस लगायतका दानवासुरहरू (dinosaurs) सँग लड्दै बडा दु:खले रस्तीबस्ती बसाएका रहेछन् कि त स्वस्ठानीकथामा वर्णित हाल डनल्ड ट्रंप नामका राजा भएको शाल्मलि द्विपमा? बोस्टन ब्राह्मिन्स (Boston Brahmins) पनि यतैबाट गएका रहेछन् कि त?
ती मोहिकन, अपाचे, चेरोकी, ब्ल्याकफूट, म्यासाच्युसेट्स इण्डियनहरूको पनि डिएनए परीक्षण गर्ने पो हो कि हामीले २५ वर्षअघि घटित दरबार हत्याकाण्डको पुन: छानबिन गर्ने क्रममा मेलोमेसो मिलाएर?
नवेम्बर २२, १९६३ मा तत्कालीन एमेरिकी राष्ट्रपति जन एफ केनेडीलाई ड्यालस, टेक्ससमा पूर्व मरिन सैनिक ली हार्वे ओस्वाल्डले मार्यो, दुई दिनपछि उसलाई एक नाइटक्लबको मालिक ज्याक रूबीले मार्यो। लामालामा छानबिन प्रतिवेदनहरूले पनि कसको षड्यन्त्रमा केनेडी मारिएका थिए भन्न सकेका छैनन्। एमेरिकी डिप स्टेटलाई राता रङ्गका नीतिहरू मन पर्दैन, उबेला पनि मन पर्थेन, केनेडी भने झनझन् रात्तिँदै गएका थिए।
हाम्रा अति सक्षम जाँचबुझ आयोगहरूले, रक्षा-सुरक्षा संयन्त्रहरूले केनेडी हत्याका फायलहरू पनि पुन: खोली सत्यतथ्य संसारसामु राख्नुपर्छ, यसका लागि अत्यन्त सक्षम नेपाल सरकारले डनल्ड ट्रंप प्रशासनसँग समन्वय गर्न विलम्ब गर्नुहुँदैन। फूर्सद छ भने उनका भाइ तथा महान्याधिवक्ता रबर्ट केनेडीको अन्त्यसम्बन्धी फायलहरू पनि खोले हुन्छ हाम्रा निकायहरूले ट्रंप प्रशासनसँग समन्वय गरेर।
नवेम्बर २२, १९६३ मा तत्कालीन एमेरिकी राष्ट्रपति जन एफ केनेडीलाई ड्यालस, टेक्ससमा पूर्व मरिन सैनिक ली हार्वे ओस्वाल्डले मार्यो, दुई दिनपछि उसलाई एक नाइटक्लबको मालिक ज्याक रूबीले मार्यो। लामालामा छानबिन प्रतिवेदनहरूले पनि कसको षड्यन्त्रमा केनेडी मारिएका थिए भन्न सकेका छैनन् यद्यपि एमेरिकी डिप स्टेटलाई राता रङ्गका नीतिहरू मन पर्दैन, उबेला पनि मन पर्थेन, केनेडी भने झनझन् रात्तिँदै गएका थिए।
हाम्रा अति सक्षम जाँचबुझ आयोगहरूले, रक्षा-सुरक्षा संयन्त्रहरूले केनेडी हत्याका फायलहरू पनि पुन: खोली सत्यतथ्य संसारसामु राख्नुपर्छ, यसका लागि अत्यन्त सक्षम नेपाल सरकारले डनल्ड ट्रंप प्रशासनसँग समन्वय गर्न विलम्ब गर्नुहुँदैन।
लिम्पियाधुरा सङ्कट समाधानजस्तो माखो मार्ने कामभन्दा पनि २/३ बहुमतको शक्तिशाली सरकारको ध्यान अलि ठुलै काममा अर्थात् केनेडी हत्या छानबिनको गुत्थी सुल्झाउनमा केन्द्रित हुनुपर्छ, यस दिशामा सरकारले अविलम्ब ट्रंप प्रशासनसँग सरसल्लाह गरोस्।
विषयान्तर त भएन पाठकवृन्द? ठुलाबडाकै पाइला पछ्याउने त हो अदना लेखकहरूले पनि, होइन र?
मूलबाटोतिरै पाइला सोझ्याऊँ है त!
त्यसो त ल्याटिन अमेरिकाका कतिपय जनजातिको अनुहार पनि हिमाली भेगका नेपालीहरूसँग मिल्दोजुल्दो देखिन्छ। ती पनि हाम्रो असाध्यै चलेको राष्ट्रिय गीत अर्थात् साला पहाडमें क्या रक्खा है गाउँदै सुनौलो भविष्यको खोजीमा त्यतैतिर लागेका रहेछन् कि त अहिलेकाहरू ‘पानी और जवानी पहाडोमें नहीँ रह सकती’ जप्दै विदेशीएजस्तै उल्लुसभाबाट प्रवाहित करतलध्वनिबीच?
टिटिकाका तालमा डुङ्गा खियाएका रहेछन् कि, माचुपिच्छु चुचुरो (२४३० मिटर) को प्रथम आरोहण पनि तिनैले गरेका रहेछन् कि त?
सृष्टिको सूर्य उदाएको हाम्रै हिमालय क्षेत्रबाट, मानवसभ्यताको कोक्रो मानिएको कालीगण्डकी क्षेत्रबाटै पलायन भएको रहेछ कि त नेफोली केन्याको ग्रेट रिफ्ट उपत्यकामा अवसरको खोजीमा, सुनौलो भविष्यको खोजीमा, भूस्वर्गको खोजीमा? त्यहाँ रहेकाहरूको पनि डिएनए परीक्षण गर्ने कि? सबैलाई द्रुतमार्गमार्फत् फटाफट नागरिकता वितरण गरी यतै भित्र्याउने मनसुवा पो छ कि 'प्रजावत्सल' शासकहरूको? के विचार छ संसदको, राष्ट्रपतिको? एकबारको जुनीमा नाम त राख्न परो नि, कि कसो?
इतिहास साक्षी छ, नेफोलीको चलासनधर्मिताले एउटा उपमहाद्विपको नक्सा परिवर्तन गर्ने क्षमता राख्छ। कसका लागि नेपाल खाली गर्न खोजिँदैछ? आकाशको छिमेकीका लागि? करिबकरिब पाली नै जोडिएकाहरूका लागि?
कुनै बेला ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेको जातिका सन्तति ‘पानी और जवानी पहाडोंमे नहीँ रह सकते गाउँदै’ विदेशिनु असाध्यै चिन्ताको विषय हुनुपर्ने हो कृष्णविवर अर्थात् Black Hole ले निलेजसरी स्वतन्त्र राष्ट्रहरू निलिने क्षेत्रमा रहेको एउटा सानो, सदा अस्थिर तर सार्वभौम देशको बागडोर सम्हालिबसेकाहरूलाई। घरघर पुगेर राहदानी वितरण गर्ने योजनाले भने सरकारले नेफोलीहरूलाई देश खाली गर्न एक किसिमको अल्टिमेटम दिएजस्तो लाग्छ।
कसका लागि देश खाली गराउन खोजिएको हो? आकाशको छिमेकीका लागि? करिबकरिब पाली नै जोडिएका छिमेकीहरूका लागि?
काशी कश्मीर अजब नेपाल त्यसै भनिएको होइन रहेछ कि क्या हो?




Comments
Post a Comment