सुकुम्बासी बनाउने मुख्य शक्ति कुन हो?
केही समयअघि वागमती किनारका सुकुम्बासी बस्तीको स्थलगत भ्रमण र त्यहाँका पूर्वबासिन्दाहरूसँग संवाद गरेपछि एउटा प्रश्न पुन: खडा भएको छ: सुकुम्बासी बनाउने मुख्य शक्ति कुन हो?
मेरो दलील के भने नेपालमा जमीनविहीनहरूको संख्या त्यति धेरै थिएन, कालान्तरमा 'विकास' को कुरूप पाटो विनाश, विस्थापनकाबारे नसोचिदिँदा विकराल स्थिति उत्पन्न हुँदै गएको हो। जलवायु परिवर्तनजन्य विपदहरूले यो समस्या झन् विकराल बनाउँदैछ। खुला सिमामार्फत् कहिल्यै स्थिर नरहने छिमेकबाट प्रवेश गर्ने अनवरत मानव लर्कोले पनि समस्या चर्काइदिएको होला, हुकुमबासीहरू पनि यस्ता अनौपचारिक बस्तीहरूमा बस्छन् भन्ने त public knowledge भइसक्यो?
तर कुनै न् कुनै बिन्दुमा कम्तिमा पनि नेपाली नागरिकहरूका लागि केही न केही व्यवस्था त गर्नै पर्ला। सघन वर्षा हुन थालेपछि मानवीय सङ्कट चुलिने देखिन्छ।
प्रस्तुत छन् सरकारले सुकुम्बासीहरूको पुनर्स्थापन गर्ने भनी अनौपचारिक बस्ती (informal settlements) हटाएपछि वागमती किनारमा खिचिएका केही तस्वीरहरू:











Comments
Post a Comment