Posts

देश खाने कथा - भाग १

Image
१ यति मीठो संगीत त नानाथरी विदेशी मुद्रा हरूको खन खन नै हुनुपर्छ साला पहाड में क्या है ? पूर्वसरकारवालाहरूलाई लाग्यो: पहाड हरू प्रभुलाई अर्पेर उऋण हुने, केहि बचत भएछ भने चुनावलाई भरथेग हुन्छ । तिर्न त खोज्नुभएकै हो नि उहाँहरूले । महाकाली, माथिल्लो कर्णाली, अरू ण तेस्रो , तल्लो अरू ण जस्ता जीवनदायिनी नदीहरू सार्वभौम संसदलाई छलेर दान दिनुभएकै थियो । तर त्यतिले पुगेन भन्ने खबर आयो पारि बाट शायद । अनि चढाउनुपरेन त अविकासका प्रतीक, यथास्थितिका प्रतीक, प्रतिगमनका प्रतीक दम्भी पहाडहरूलाई प्रभुका चरणकमलमा ? यसो गर्दा पहाडहरू विकासको क्रममा हुने विनाशलीलाबाट जोगिएका छन् । हाम्रोमा भने यात्राका क्रममा यौटै पहाडको कैयौँ पटक 'कैलाश प्रदक्षिणा' गर्नुपर्ने बाध्यता छँदैछ । रूखबाटै रूखको शत्रु ऐजेरू उत्पन्न हुन्छ भने पहाडको छा तिबाटै पहाडविरोधी शक्ति जन्मिनु कुन आश्चर्य भो र ? जिउँदाजाग्दा उदाहरण त हाम्रा नानाथरी नेताहरू  नै छन्  । यस पहाडविरोधी भावनाको जड हो: पहाडहरूले नेपालको विकासमा बाधा पुर्याएका छन् भन्ने गलत धारणा । हाम्रा विकाससम्बन्धी धारणाहरू असाध्यै त्रुटिपूर्ण...

कर्कलाको पातमा अडिएको जीवन

Image
आज कर्कलाको पातमा बडो असजिलो गरी अडिएका पानीका थोपहरूबारे थोरै लेख्दैछु | के  तपाईं का पाइलाहरूले कहिल्यै झमझम पानी परेको रातपछिको ओसिलो बिहान निथ्रुक्कै भिजेको जमीन टेकेका छन् ? आँखाहरूले बादल निख्रिएर धर्ति भिज्दा कर्कलाको पातहरूमा कसै गरी अडिन सकेका पानीका थोपाहरू भेटेका छन् ? के ती पातहरूमा अडिएका मोतीका दानाजस्ता पानीका थोपाहरूले तपाईंको मन-मुटु झंकृत भएको छ ? के  तपाईं हरूलाई व्यर्थ लाग्ने यस्ता दृश्यहरूमा भुलेर समय खेर फाल्ने फुर्सद छ ? छैन कि ? तपाईंहरूलाई फुर्सद होला नहोला, मलाइ भने छ |  'देश बनाउने' किसिमका ठुलाठुला ठेक्का, किरोड़ीमलहरूले गर्ने किसिमको व्यापार-व्यवसाय, वृत्तिविकासको मुसेदौड वा राजनीतिको छिनाझपटीबाट धेरै टाढा रहेकाहरूलाई यस्तै दृश्यहरू मोहक लाग्छन् शायद | त्यसैले त म घरको छतमा राखिएका क्यरीहरूमा हुर्कँदै गरेका कर्कलाका पातहरूमा अडिएका पानीका थोपाहरूमा अप्रतीम सौन्दर्य देख्छु | के मानिसले यसभन्दा सुन्दर कलाकृति रचना गर्न सक्छ ? यहाँहरूमध्ये कतिपयलाई सौन्दर्यका छटाहरू हेर्न प्यारिस, लण्डन, ब्यांकक, रोम, मनाली वा अमेज़नको जंगलनै पुग्नुपर्छ कि ? पक्तिक...

#ArtTalk with celebrated artist SC Suman

  Tired of hearing about corruption, lack of good governance, unemployment and prolonged political instability? For one, I am. Therefore, in this episode of #SoftTalk , we talk with celebrated artist SC Suman, who has won national and international acclaim for his sublime, intricate artworks based on the #Mithila tradition, thinking that it will be good for peace of mind you, me and a maximum number of people out there. We talk about the ongoing environmental devastation brought about in Nepal by mindless development activities carried out by not giving due consideration to the fragile environment of the Tarai, Hills and the Himalayas, with specific focus on possible environmental consequences of government plans to mine the #Chure hills and build another international airport in #Nijgadh by chopping off a large number of trees. SC Suman shows us the consequences of destruction of the Chure and deforestation at Nijgadh and other places through his artworks. Airplanes dropp...

The Constitution has envisaged Prez as its protector, not as a rubber stamp: Dr Chandra Kanta Gyawali

In the latest edition of #SoftTalk, I have had a conversation with the senior advocate and constitutional expert, Dr Chandra Kanta Gyawali.  Dr Gyawali argues that the Prime Minister KP Sharma Oli must make way for a new government by facing the sovereign Parliament and stepping down, pointing that he has already pointed at the absence of majority support for his government in the Parliament. A caretaker government can take shape only after the current PM  quits,  Dr Gyawali argues, pointing that it is unethical on the part of PM Oli to stay on to power even after losing majority support.  Responding to another query,  Dr Gyawali argues that the PM Oli sticking to power is in contravention of prevailing parliamentary practices. He also criticises the President for failing to protect the Constitution by opting for a course correction, reminding that the President is not a rubber stamp but the protector of the Constitution.  At a time when the country has bee...

जनरल विपिन रावतको भ्रमण: नेपालविरोधी नयाँ षडयन्त्रका तानाबाना बुनिँदै ?

   राष्ट्रिय सेनाको क्याम्पमाथि छिमेकी ठुल्दाइ सेनाको क्याम्प अर्थात् district soldiers board बस्छ यहाँ । यहाँको सेनाले छिमेकी, दाइ सेनाको प्रमुखलाई मानार्थ जर्नेल मानी सलाम ठोक्छ । हुन त हाम्रो सेना प्रमुख पनि दाइ सेनाका मानार्थ जनरल हुन तर के यथार्थमा एउटा ठुलो सेना र सानो सेनाको हैसियत समान हुन्छ जति नै sovereign equality को गफ छाँटे पनि ? कदापि हुँदैन, हुन सक्तैन । अनेक थरी राजनीतिक परिवर्तन, अझ क्रान्ति पछि पनि विशेष सम्बन्धका नाममा असमान सम्बन्धको यो भारी हामीले कहिलेसम्म बोक्नु पर्ने हो ? के हाम्रा भाग्यविधाताहरू बताउन सक्नुहुन्छ ? शाहतन्त्र समेत इतिहास भइसकेको अवस्थामा, अनेकानेक परम्पराहरू, रितिथितिहरू हामीले पोलिखाएको अवस्थामा पशुपतिनाथमा दक्षिण भारतीय भट्टतन्त्र चाहिँ किन कायम रहिरहनुपर्ने हो ? संघीय कर्मनिरपेक्ष गणतन्त्रका हर्ताकर्ताहरूसँग चित्तबुझ्दो उत्तर छ कि ? लैनचौरको उपसचिव/सहसचिवस्तरको कारिन्दा कुर्ता पजामामा सजिएर चप्पल फटकार्दै यस सार्वभौम देशको सर्वाेच्च जननिर्वाचित प्रतिनिधि अर्थात् प्रधानमन्त्रीलाई भेट्न रातबिरात उनको शयनकक्षमै पुग्छ । के उनका नेपाली...
Image
  शनिबार आज एक दिन उड कल्पनाको उडान मुक्ताकाशमा जून-तारा टिप बादलका रंगीबिरंगी टुक्राह रू   टिप अनि बाक्लो कंक्रिट जंगलको  साँघुरो कोठामा खुम्चिएको टुक्रे आकाश  इन्द्रेणीका रङ्गहरूले सिँगार आज एक दिन चढ शरिरको इंच-इंच दुखुञ्जेल उपलब्धिको नाकचुच्चे पहाड अलि बिस्तारै, अलि सजिलोसँग हिँड प्रगतिको अनन्तसम्म फैलिएको समथर मैदान भोलि फेरि अभिमन्यु हुनु छ  भोलि फेरि चक्रब्युहमा फँस्नु छ शिखण्डीले छेलिएका तथाकथित महान धनुर्धारी अर्जुनको धनुर्विद्याको निरीह तारो  अर्थात् भिष्मपितामह हुनु छ भोलि फेरि आधुनिक भारदारह रू ले रचेको सोफिस्टिकेटेड तर उत्तिकै घातक कोतपर्वमा पर्नु छ, भण्डारखाल पर्वमा पर्नु छ  युद्धका कुनै नियमह रू  लागू नहुने  आधुनिक कु रू क्षेत्रमा लडनु छ  खिइएका हतियार लिएर  भोलि फेरि सौखिनह रू को सोखका खातिर  कोलोसियममा तरबार युद्ध लडनु छ  जीवनको के भरोसा छ र ? भोलि भाग्य बलियो नहुन सक्छ  भोलि नयाँ जंगबहादुर उदाउन सक्छ  अनि तिम्रो सूर्य अस्ताउन सक्छ भोलि तिमी सहित सयौँ यात्री सवार टाइटानिक आइसवर्गमा ठोकिन सक्छ त्य...

Dipak Jaisi vs the Indian judiciary: A classic case of miscarriage of justice

Forty years behind bars on a fabricated murder charge. No trial, no recourse for justice. Burden of proof solely on an alien, who is medically unfit to stand trial. You may be thinking: This must be a story from one of those Leo Tolstoy books. This is a fiction, not a fact, for such a miscarriage of justice cannot take place in a modern, democratic world. Or this must be a story from one of those pariah states. Forty years behind bars on a fabricated murder charge. No trial, no recourse for justice. Burden of proof solely on an alien, who is medically unfit to stand trial. Wrong. Absolutely wrong. In fact, this miscarriage of justice took place in a country that takes pride in its 'democratic traditions'. Yes, it took place in a country that presents itself in regional and international fora as the 'world's largest democracy'. Thanks to the efforts of Radhe Shyam Das, the HAM radio club called the West Bengal Radio Club and the Nepal Radio Club, and the kin of the ...